शनिबार, कार्तिक २२, २०८२

21.1 C
Bhaktapur
शनिबार, कार्तिक २२, २०८२
21.1 C
Bhaktapur
HomeNews Contentसमाचारपाठकमाझ आउँदै मिश्रलिखित राजनीतिक पुस्तक

पाठकमाझ आउँदै मिश्रलिखित राजनीतिक पुस्तक

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाका प्रथम नगर प्रमुख साेमप्रसाद मिश्रलिखित पुस्तक विमाेचनकाे तयारी गरिएको छ ।

अन्तर्राष्ट्रिय राजनीतिका अध्येता एवं नेकपा एमालेका केन्द्रीय सदस्य मिश्रकाे पुस्तक ` शक्तिराष्ट्रहरूका राजनीतिक दलहरू- तुलनात्मक अध्ययन ´ शनिबार ( असार २८ गते) विमाेचन गरिने भएको छ ।

साे पुस्तककाे विमाेचन तथा चर्चा थिमिकाे मिडभ्याली/ एसएस कलेजमा हुने उनले जनाएका छन् । पुस्तक विमाेचनमा सभामुख देवराज घिमिरे प्रमुख अतिथि, अतिथि वक्ताहरूमा नेपाली काँग्रेसका सांसद जीवन परियार, नेकपा एमालेका सचिव याेगेश भट्टराई, नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत र राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकाेटीलगायत रहनेछन् ।

साे पुस्तककाे प्रकाशन सिद्धान्त न्याैपानेले गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको