सोमवार, कार्तिक २४, २०८२

13.1 C
Bhaktapur
सोमवार, कार्तिक २४, २०८२
13.1 C
Bhaktapur
HomeNews Contentशिक्षाक्वालिटी युथ नेटवर्ककाे साताैं अधिवेशन

क्वालिटी युथ नेटवर्ककाे साताैं अधिवेशन

भक्तपुर। क्वालिटी युथ नेटवर्कको सातौं अधिवेशन सम्पन्न भएको छ ।

असार १६ गतेका दिन क्वालिटी अंग्रेजी माध्यमिक विद्यालयमा एमनेष्टी ईन्टरनेशनल नेपाल शाखाका निवर्तमान अध्यक्ष बिक्रम धुकुछुको प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे हाे । कार्यक्रममा समुह ५६ का सचिव राम कुमार नेपालले अधिवेशनको शुभकामना मन्तव्य दिए ।

नेटवर्कका संरक्षक जी.वी. खड्काले स्वागत मन्तव्य मार्फत उपस्थित सम्पुर्णलाई स्वागत गरे। नेटवर्कका संयोजक रोशनी खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा अध्यक्षले भावी योजना, सचिव प्रविना लामिछानेले प्रगति विवरण र कोषाध्यक्ष रुक्मणी के.सी. ले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । आगामी दुई बर्षका लागि अधिवेशनले आठ सदस्य समिति चयन गरेको छ ।
अधिवेशनले संयोजकमा रोशनी खड्का, सह संयोजकमा प्रविना लामिछाने र सचिवमा रुक्मणी के.सी.तथा कोषाध्यक्षमा आर्यण खड्का चयन भएका छन् ।

अधिवेशनले सदस्यहरुमा विनी लामिछाने, आसिका खड्का, सलिना तामाङ्ग, आयुश जंग बस्नेत रहेका छन् । नयाँ समितिलाई संरक्षक जी. वी. खड्काले सपथ ग्रहण गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको