भक्तपुर । माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) मा भक्तपुरको सरस्वती माध्यमिक विद्यालयको नतिजा शतप्रतिशत आएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नंं ८ सुडालको थाकथमाथसिथत सो विद्यालयको एसईई नतिजा शतप्रतिशत भएको विद्यालयले जनाएको छ ।
एसईई २०८१ मा सहभागी २८ जना विद्यार्थीमध्ये ३.६–४ जिपिएसम्मको अंक हासिल गरेका ९ जना, ३.२–३.६ सम्मको जिपिए हासिल गरेका १६ जना, २.८– ३.२ जिपिए ल्याएका ३ जना रहेका विद्यालयले जनाएको छ ।
विद्यालयको औसत जिपिए ३.४८ रहेको विद्यालयले जनाएको छ ।
