शनिबार, कार्तिक २२, २०८२

21.1 C
Bhaktapur
शनिबार, कार्तिक २२, २०८२
21.1 C
Bhaktapur
HomeNews Contentचाँगुपत्रभक्तपुरका सिडिओ भन्छन् : ‘सेवाग्राहीलाई झञ्झटरहित सेवा दिन प्रतिवद्ध छु’

भक्तपुरका सिडिओ भन्छन् : ‘सेवाग्राहीलाई झञ्झटरहित सेवा दिन प्रतिवद्ध छु’

भक्तपुर । भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी भरत मणी पाण्डेले सेवाग्राहीलाई झञ्झटरहित सेवा दिन आफू प्रतिवद्ध रहेको बताएका छन् ।

भक्तपुर सरुवा भई आएको तेस्रो दिनमा भक्तपुरका क्रियाशील सञ्चारकर्मीहरुसँगको साक्षात्कारमा उनले सो बताएका हुन् । भक्तपुर जिल्लाको वस्तुस्थितिबारे जानकारी लिनका लागि सञ्चारकर्मीहरुसँगको अन्तरक्रियापछि प्रजिअ पाण्डेले भक्तपुरमा शान्ति सुरक्षा कायम गर्न र सुशासन कायम गर्न आफू प्रतिवद्ध रहेको बताए ।

उनले त्यसका लागि आफू मातहतका कार्यालय र शाखाका कर्मचारीहरुलाई निर्देशन समेत दिइसकेको जानकारी दिए । सञ्चारकर्मीहरुले राखेका विभिन्न जिज्ञासाका साथै दिएका सुझावलाई कार्यान्वयन गर्ने जनाउँदै प्रजिअ पाण्डेले भने, ‘मेरो कार्यकालमा कुनै प्रकारको शान्ति सुरक्षामा अफ्ठ्यारो पर्ने कुनै खालको गम्भीर वातावरण आउन नदिन म प्रतिवद्ध छ ।’

सञ्चारकर्मीसामु व्यक्त अभिव्यक्ति पूरा हेर्नका लागि भक्तपुर टाइम्सको युट्युबमा जान सक्नुहुन्छ । साथै आगामी सोमबार प्रकाशन हुने चाँगुपत्र साप्ताहिक पढ्न सक्नुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको