- भक्तपुर । भक्तपुरको ताथलीमा सेयर बजार सम्बन्धी तालिम हुने भएको छ । सेयरसमब्न्धी बढ्दाे चासाे र लगानीप्रतिकाे आकर्षणलाई मध्यनजर गरि ताथलीकाे श्री दक्षिणकाली युवा समूहले निःशुल्क सेयर बजार तालिम दिने भएको हाे ।
सेवामुखी उद्देश्यका साथ सेयर सम्बन्धी आधारभूत ज्ञान दिन युवा समूहको आयोजनामा सेयर बजारसम्बन्धी निःशुल्क अभिमुखीकरण तालिम सञ्चालन गरिने तयारी गरेकाे समूहका अध्यक्ष सुरेशराज गिरीले जानकारी दिए ।
उनले त्यसको तयारी भइरहेको जनाउँदै इच्छुक व्यक्तिले नाम दर्ता गर्न सक्ने बताए । उनका अनुसार तालिम शनिबार वा सार्वजनिक बिदाको दिन सञ्चालन गरिनेछ । सहभागीहरूकाे अनुकूलतामा दिन ताेक्ने उनको भनाइ छ ।
नि: शुल्क हुने तालिममा आवश्यक सम्पूर्ण सामग्रीहरूको निःशुल्क व्यवस्था गरिने, सेयर बजारसम्बन्धी अनुभवी तथा विज्ञ प्रशिक्षकहरूमार्फत प्रशिक्षण दिने र आधारभूतदेखि व्यवहारिक ज्ञानसम्म व्यापक प्रशिक्षण दिने गरि समूहले तयारी गरेको छ ।
