भक्तपुर । शिक्षाभूमि विद्यालयको अभिभावक दिवस पुरस्कार वितरण तथा नयाँ विद्यार्थीहरूलाई स्वागत कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको छ। करिब ३०० जना अभिभावकहरूमा सम्पन्न कार्यक्रमको सभाध्यक्ष विद्यालय सञ्चालक समितिका वर्तमान अध्यक्ष श्री वि.वि. थुलुङको अध्यक्षतामा भएको हाे ।
कार्यक्रमको प्रमुख अतिथि चाँगुनारायण नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष श्याम कृष्ण नयाजु रहेका थिए । कार्यक्रममा प्रमुख अतिथि नाउजुले विद्यालयले कानुनी रुपमा पुर्याउनुपर्ने सम्पूर्ण औपचारिकता पूरा गरी विद्यालय सञ्चालन भएको जानकारी दिए

निकट भविष्यमा यस विद्यालयले कक्षावृत्ति गर्दै लैजाने र शिक्षा नियमावली अनुसार नै विद्यालयलाई अगाडि बढाउने योजना रहेको उनको भनाइ छ ।
विद्यालयप्रति अभिभावक र स्थानीय अभिभावकहरूको उग्ररूपको इच्छा र सहभागिताले यो कार्यक्रम व्यापक जनसहभागिताका साथ असार ३० गते सम्पन्न भएको विद्यालयले जनाएको छ । विद्यालयले लर्न टुडे लिड टुमारो अर्थात् आज सिक भोलि नेतृत्व गर साथै कला र संस्कारसहितको गुणस्तरीय शिक्षा विद्यालयको प्रमुख उद्देश्य तय गरेको छ ।
विद्यालयले कला र संस्कारसहितको गुणस्तरीय शिक्षा प्रदान गर्नको निम्ति विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ। विद्यार्थीहरुलाई विभिन्न खेलकुद कार्यक्रममा सहयोग गराउनु साथसाथै विद्यार्थीहरूको चौतर्फी विकासको निम्ति खेल सँगसँगै गुणस्तरीय शिक्षा प्रदान गर्नको निम्ति व्यावहारिक ज्ञान प्रदान गर्न जोड दिएको छ।

संस्कारसहितको शिक्षा प्रदान गर्नको निम्ति विभिन्न योगा, नैतिक शिक्षाहरूको साथसाथै कराते लगायत विभिन्न खेलहरु पनि सञ्चालन गरिरहेको छ । अत्याधुनिक भूकम्प प्रतिरोधात्मक भवनहरूको निर्माण गरी खुल्ला ठाउँमा शैक्षिक वातावरणमा शिक्षा प्रदान गरिरहेकाे छ ।
विद्यालयकाे आफ्नै बालमैत्री मन्टेस्वरी विधिका भवनहरु पनि रहेका छन्। विद्यालयले बास्केटबल, फुटबल, ब्याडमिन्टनलगायत विभिन्न खेलकाे खेलमैदानहरूको पनि निर्माण गरेको छ ।
यस वर्ष करिब १०० जना नयाँ विद्यार्थी भर्ना भएका विद्यालयले जनाएको छ । मण्डेश्वरी विधिबाट विभिन्न तालिम प्राप्त शिक्षक शिक्षिकाहरूबाट सिकाई भइरहेको विद्यालयमा कक्षा ५ सम्म सञ्चालन भइरहेका छन् । विद्यालय व्यवस्थापन समिति अथवा सञ्चालक समितिका अध्यक्ष बीबी थुलुङले विद्यालयकाे कक्षा अपग्रेड गरिँदै लगिने बताए ।
अनुभवी योग्यताले खारिएका सञ्चालक समितिभित्र रहेका टिमबाट विद्यालय सञ्चालन भइरहेकोले जुनसुकै कार्य पनि सफल हुने अध्यक्ष राईले बताए ।
कार्यक्रम विद्यालयका शिक्षिकाद्वय निकिता सुनुवार र कमला पुरीले सञ्चालन गरेका थिए । साेही अवसरमा विद्यार्थीहरूले आफूमा अन्तरनिहित विभिन्न प्रतिभा प्रस्तुत गरेका थिए ।
२०८१ सालभरि विद्यालयले सञ्चालन गरेका विभिन्न खेलहरू मा सहभागी भई विजयी भएका विद्यार्थीहरूलाई मेडल तथा प्रमाणपत्र बाट सम्मान गरिएको थियाे । यसका साथै गत वर्षको कक्षागत प्रथम, द्वितीय र तृतीयलाई पुरस्कारहरू वितरण गरिएको थियाे ।
