भक्तपुर । भक्तपुरको राेम्वस सेकेण्डरी स्कूलले `राेम्वस गान´ विमाेचन गरेकाे छ । आईएसओ प्राप्त भक्तपुरको कमलविनायकस्थित साे स्कूलले साेमबार एक कार्यक्रमकाे आयाेजना गरी गीत विमाेचन गरेकाे हाे ।
कार्यक्रममा राेम्वस गानका रचनाकार वरिष्ठ साहित्यकार दिनानाथ पाेखरेल र संगीतकार सन्ताेष श्रेष्ठ र विद्यालयका संस्थापक प्रिन्सिपल डा. राजेन्द्र काेजूले संयुक्त रूपमा गरेका थिए
कार्यक्रममा रचनाकार पाेखरेलले विद्यार्थीलाई सृजनशील बन्न जरुरी रहेकाे उल्लेख गर्दै व्यक्तित्व विकासका लागि साहित्य सिर्जना महत्त्वपूर्ण दैनिकी भएकाे बताए ।
विद्यालय गानका रचनाकार दिनानाथ पाेखरेल र संगीतकार सन्ताेष श्रेष्ठलाई सम्मानित गरिएको कार्यक्रममा संगीतकार श्रेष्ठले विद्यार्थीलाई रचनात्मक बन्न सुझाव दिए । रचनाले विद्यार्थीले तय गरेको लक्ष्य हासिल गर्न सहयोग पुग्ने चर्चा गर्दै उनले गीतसंगीतले संस्कारकाे विकासमा टेवा पुग्ने जनाए ।
सञ्चारकर्मी हरिसुन्दर छुकांले साहित्य सिर्जनाकाे महत्त्वमाथि प्रकाश पारे । कार्यक्रममा प्रिन्सिपल डा. काेजूले विद्यार्थीलाई स्कुलले मानव मूल्य शिक्षा प्रदान गरिरहेकाे उल्लेख गर्दै विद्यार्थीकाे सर्वाङ्गीण विकासका लागि गीत, संगीत र साहित्य प्रशिक्षणलाई नियमितरूपमा सञ्चालन गरिरहेको जानकारी दिए ।
