शनिबार, कार्तिक २२, २०८२

21.1 C
Bhaktapur
शनिबार, कार्तिक २२, २०८२
21.1 C
Bhaktapur
HomeNews Contentशिक्षाहामीले व्यापक छुट र छात्रवृत्तिको व्यवस्था गरेका छौं : डा. राजेन्द्र कोजू

हामीले व्यापक छुट र छात्रवृत्तिको व्यवस्था गरेका छौं : डा. राजेन्द्र कोजू

डा. राजेन्द्र कोजू, भक्तपुरको शैक्षिक जगतका एक परिचित व्यक्तित्व । शिक्षा क्षेत्रमा लगनशीलता र सफलता : डा. कोजूका पर्याय हुन् । बहुआयामिक व्यक्तित्वका ‘धनीको उपाधि’ समेत पाउन सफल डा. कोजू नेतृत्वको रोम्वस सेकेण्डरी स्कुलले यस वर्षबाट कक्षा ११ सञ्चालन गर्ने व्यापक तयारी गरिरहेको छ । अहिले भक्तपुरका साथै भक्तपुर वरपरका विभिन्न स्थानमा रोम्वस सेकेण्डरी स्कुलको विषयमा चर्चा परिचर्चा पाएको छ । यही सेरोफेरोमा रहेर डा. कोजूसँग रोम्वस स्कुलले सञ्चालन गर्ने कक्षा ११ को तयारीका सन्दर्भमा गरिएको कुराकानीको सार :

रोम्बस भक्तपुरको पहिलो आईएसओ चिन्ह प्राप्त विद्यालय हो । अर्को कुरा, यस विद्यालयको अन्तर्राष्ट्रिय एक्सपोजर राम्रो छ ।

१. बधाई छ सर, +२ को अनुमति पाउनु भएकोमा
धन्यवाद मित्र, खुसी नै छु । धेरै वर्षको प्रयासपछि बल्ल यसपालि सफलता मिल्यो । अनुमतिका लागि सहयोग गर्नुहुने र सदासयता राख्ने सबैप्रति हार्दिक आभार प्रकट गर्दछु तपाईको लोकप्रिय पत्रिका मार्फत् ।

२. किन पाउनु भएन ? किन पाउनु भयो ?
अहिलेको नयाँ व्यवस्था अनुसार नगरपालिकाले अनुमति दिने व्यवस्था गरिएको छ । हाम्रो विद्यालय भ.न.पा. वडा नं १० मा रहेकोले भ.न.पा बाट कक्षा ११ स्वीकृतिका लागि ४ वर्षसम्म लगातार आवेदन दियौं तर भ.न.पा.ले अनमति दिने अनिच्छा व्यक्त गरेको बुझियो । हाम्रा केही भवन र पूर्वाधार चा.न.पा. ७ चोखामा पनि रहेको र आफ्नै जग्गा र भवन पनि रहेकोले विद्यालयलाई अफिसियल चा.न.पा. ७, चोखा क्षेत्र जुन भ.न.पा १० संगै जोडिएको छ, मा नै सार्ने निर्णय गरी चा.न.पा. मा आवेदन दियौं । तत्पश्चात सबै सहयोगी मित्रहरुको सहयोगबाट शैक्षिक वर्ष २०८२ देखि कक्षा ११ संचालन गर्ने गरी अनुमति पायौं ।

३. कुन–कुन विषयको पढाइ हुन्छन् अब रोम्बसमा ?
साविक व्यवस्थापन, कानून र मानविकीका सबै विषयका कक्षा संचालन गर्ने योजनामा छौं । व्यवस्थापन समूह अन्तर्गतको कम्प्युटर साइन्स,टुरिजम एण्ड माउन्टेनियरिङ र होटल म्यानेज्मेन्टका कक्षा संचालन हुनेछन् भने मानविकीमा मूल विषय अँग्रजी, गणित, नेपाली र पत्रकारिताका कक्षा समेत संचालन गर्ने तयारीमा छौं ।

४. प्लस टु चल्नेमा कतिको आशावादी हुनुहुन्छ ?
टेन प्लस टु त चल्छ नै । हामीसँग विगतका थुपै्र अनुभवहरु छन् । म यस क्षेत्रमा नयाँ होइन । रोम्बसकै नामबाट +२ चलाएको पहिलो पल्ट भएपनि यहाँ पढाउने सबै शिक्षकहरु अनुभवी, योग्य र सफल शिक्षाकर्मीहरु छन् । तसर्थ, रोम्बसको +२ मा शंका गर्नुपर्ने कुनै पक्ष छ जस्तो लाग्दैन ।

५. पूर्वाधारहरु के–कस्ता छन् ?
हामी +२ का सबै कार्यक्रमहरु बिहान चलाउँछौं । विद्यालयमा उपलब्ध भौतिक, प्राकृतिक तथा शैक्षिक वातावरण राम्रा छन् । विद्यालयमा पर्याप्त कक्षाकोठा, खेलकुद मैदान र हरियाली वातावरण सहितको सफा र स्वच्छ हावापानीयुक्त स्थानमा विद्यालय छ । विद्यालयकै आफ्नै ५ वटा स्कूल बस छन् । सबै ठाउँमा बसको व्यवस्था गर्न सक्छौं । यसका अलावा विद्यालयमा स्पोर्टस् शिक्षकहरु र संगीतका शिक्षकहरु समेत व्यवस्था गरी विद्यार्थीहरुको उमेर र चाहना अनुसारको विभिन्न कार्यक्रम गर्ने तयारी गरेका छौं । विद्यार्थीहरु खुसी हुनेछन् ।

६. तपाईको विद्यालयका खास विशेषताहरु के–के हुन् ?

रोम्बस भक्तपुरको पहिलो आईएसओ चिन्ह प्राप्त विद्यालय हो । अर्को कुरा, यस विद्यालयको अन्तर्राष्ट्रिय एक्सपोजर राम्रो छ । हाम्रो विद्यालयको नेतृत्व भरोसा योग्य, आशलाग्दो र शैक्षिक व्यक्तित्व हुनुहुन्छ । तसर्थ, हाम्रो विद्यालयले प्रत्येक अभिभावक र विद्यार्थीको मन जित्न सक्छ भन्ने कुरामा ढुक्क हुन सबैलाई आग्रह गर्न चाहन्छु ।

७. रोम्बसमा के छ, के छैन ?
रोम्बसका आफ्नै जग्गा, आफ्नै पूर्वाधार छन् । हाम्रा भवनहरु पक्की छन्, आफ्नै यातायातका साधन छन् । जहाँसम्म के छैन भन्ने प्रश्न छ, यहाँ डेराका भवन छैनन्, जुन ६\६ महिनामा वर्ष–वर्षमा सरी रहनुपर्छ । हाम्रा अक्सर शिक्षकहरु फूलटाइम पढाउने छन् । हामी शिक्षा क्षेत्र बुझेर, भिजेर र यसैबाट उठेका व्यक्ति हौं ।

८. छात्रवृत्ति र छुटको सुविधाबारे बजारमा व्यापक चर्चा छ, के–कस्तो छ बन्दोबस्त?
यो पहिलो वर्ष भएकोले हामीले व्यापक छुट र छात्रवृत्तिको व्यवस्था गरेका छौं । हाम्रो आवश्यकता विद्यार्थी हो, विश्वास हो । तसर्थ, धेरै विद्यार्थी भर्ना गरी, धेरैभन्दा धेरैलाई सन्तोषजनक सेवा दिने काम गर्नेछौं । अर्को वर्षको लागि आधार तयार गर्नेछौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको