शुक्रबार, मंसिर १९, २०८२

15.1 C
Bhaktapur
शुक्रबार, मंसिर १९, २०८२
15.1 C
Bhaktapur
HomeNews Contentचाँगुपत्ररोम्वसलाई सहयोग गर्ने सामुहिक प्रतिवद्धता

रोम्वसलाई सहयोग गर्ने सामुहिक प्रतिवद्धता

भक्तपुर । कक्षा ११ सञ्चालन गर्न अनुमति पाएको रोम्वस सेकेण्डरी स्कुललाई सहयोग गर्ने सामुहिक प्रतिवद्धता जनाएका छन् । भक्तपुरको कमलविनायकस्थित सो विद्यालयले यसै वर्ष कक्षा ११ सञ्चालनको अनुमति पाएको हो ।

सोही अवसरमा विद्यालयले आयोजना गरेको ‘अ गेट टुगेडर’ कार्यक्रममा सहभागी सबै सरोकारवाला निकायका पदाधिकारीहरुले सामुहिक रुपमा रोम्वस सेकेण्डरी स्कुललाई सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् । कार्यक्रममा जनप्रतिनिधि, शिक्षाकर्मी, राजनीतिक दलका प्रतिनिधि, प्रधानाध्यापक, प्रिन्सिपल, मानव अधिकारकर्मी, कानुनसँग सम्वद्व व्यक्ति, सञ्चारकर्मी, शिक्षक तथा शिक्षासँग सम्बन्धित व्यक्तिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल डा. राजेन्द्र कोजूले विद्यालय स्थापनाको उद्देश्य र विद्यालयले तय गरेको लक्ष्यबारेमा जानकारी दिँदै रोम्वस सेकेण्डरी स्कुलले कक्षा ११ सञ्चालन गर्ने तयारीका सन्दर्भमा आउने चुनौतीहरुबारेमा आफू अनविज्ञ नभएको बताए । उनले कक्षा ११ सञ्चालनले भक्तपुरको शिक्षाका लागि थप नयाँ उचाइ प्रदान गर्न विद्यालय प्रतिवद्ध रहेको जनाए ।

कार्यक्रममा नेशनल प्याब्सनका केन्द्रीय उपमहासचिव जिबी खड्काले डा. राजेन्द्र कोजूसँग विगत लामो समयदेखि अन्तरंग सम्बन्ध रहेको चर्चा गर्दै डा. कोजू सिर्जनशील व्यक्ति रहेको स्मरण गरे । उनले डा. कोजूको नेतृत्वको स्कूलले छोटो समयमा प्रगति गरेको विषयलाई आफूले नजिकबाट नियालीरहेको जनाउँदै कक्षा ११ सञ्चालनले सफलता पाउने बताए ।

कार्यक्रममा चाँगुनारायण नगरपालिका वडा नं. ७ वागेश्वरीका अध्यक्ष श्यामकृष्ण नायजूले वडाको शैक्षिक स्थितिलाई गौरवको रूपमा बढाउने योजना निर्माण गरिरहेको बेला रोम्वस स्कूलको स्थानान्तरणले वडाको सोचलाई साकार बनाउने भएकाले विद्यालयको प्रगतिका लागि आफूले सहयोग गर्ने बताए ।

उनले रोम्वस स्कुलको असल व्यवस्थापन पक्षका कारण सफलता हासिल गरेको उल्लेख गर्दै रोम्वस स्कूलबाट सिक्नुपर्ने चर्चा गर्दै विद्यालयले दिने छात्रवृत्ति व्यक्तिले सिफारिसमा नभई वडा कार्यालयको सिफारिसले प्रभावकारी भूमिका खेल्ने जनाए ।

शिक्षाकर्मी विश्वबहादुर दुवालले विदेश गएर सिक्ने र फर्कने विद्यार्थी अहिलेको आवश्यकता भएको बताए । उनले भक्तपुरको शैक्षिक क्षेत्रलाई उन्नतितर्फ उन्मुख गर्न रोम्वस स्कुल र राजेन्द्र कोजूले नवीन तवरले काम गरिरहेको उल्लेख गर्दै कक्षा ११ सञ्चालन भक्तपुरको शिक्षा क्षेत्रका लागि कोशेढुङ्गा सावित हुने जनाए ।

कार्यक्रममा छालिङस्थित साइनिङ स्कूलका सञ्चालक एवम् शिक्षाकर्मी एवम् नेशनल प्याब्सनका विक्रम ढुकुछुले रोम्वस स्कुलले भोगेका शैक्षिक उतारचढावबारे चर्चा गरे । कार्यक्रममा चाँगुनारायण नगरपालिकाका शिक्षा समितिकी सदस्य एवम् चाँगुनारायण नगरपालिका वडा नं. ६ नगरकोटस्थित चुनादेवी माध्यमिक विद्यालयकी प्रधानाध्यापक नानुमैंया गिरीले रोम्वसको शैक्षिक यात्रामा आफूले सहयोग गर्ने बताइन् ।

नेपाल शिक्षक संघ भक्तपुरका अध्यक्ष सहदेव साखकर्मीले विद्यालय निर्माणका लागि शिक्षकको भूमिका महत्त्वपूर्ण भएको बताउँदै शिक्षकमा उत्प्रेरणा जगाउनु जरुरी रहेको चर्चा गरे ।
कार्यक्रममा सूर्यविनायकस्थित रुबी भ्याली स्कुलका प्रिन्सिपल एव् वी क्यान नेपालका अध्यक्ष रत्न राई, चाँगुनारायण नगरपालिका वडा नं. ५ छालिङको श्रीगणेश माविका प्रधानाध्यापक इन्द्र फोँजूलगायतले विद्यालयको सफलताका लागि शुभकामना दिँदै डा. कोजूको बहुआयामिक व्यक्तित्व र शैक्षिक क्षेत्रको बढ्दो लगनशीलताको प्रशंसा गरेका थिए ।

कार्यक्रममा विद्यालय स्थापनाका पृष्ठभूमि ः विगतदेखि वर्तमानसम्मको अवस्था र विद्यालयले हासिल गरेका उपलब्धिबारे शिक्षक जनक कार्कीले प्रस्तुतिकरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको