भक्तपुर । भक्तपुरको सूर्यविनायकस्थित डेमाेस स्कूलले अभिभावक अभिमुखिकरण सम्पन्न गरेको छ । विद्यालयले बढ्दो अभिभावक शिक्षाको आवश्यकतालाई मध्यनजर गरि साे अभिमुखिकरण गरेको जनाएको छ ।
विद्यालयका प्रिन्सिपल विनाेद लामाले विद्यार्थीकाे सर्वाङ्गीण विकासका लागि अभिभावककाे भूमिका महत्त्वपूर्ण हुने कुरालाई मध्यनजर गरि सकारात्मक अभिभावकत्वकाे प्रवाह गर्न गत शनिबार ( १७ जेठ) मा उक्त कार्यक्रम आयाेजना गरिएको बताए ।
कार्यक्रममा माेटिभेटर रविन कटवालले सहजीकरण गरेका थिए । उनले पछिल्लो समयमा बालबालिकाहरूमा माेबाइलकाे माेह बढ्दा पढाइ र दैनिकीलाई समेत नकारात्मक असर पुगिरहेकाले अभिभावककाे सकारात्मक व्यवहारले भविष्य निर्माणमा टेवा पुग्ने उल्लेख गरे ।
उनले बढ्दो माेबाइल माेहबाट टाढा रहने र पढाइमा लगाव बढाउने विधिलाई व्यवहारमा उतार्नका लागि विद्यार्थीले आचरण सुधार गर्नुपर्नेमा जाेड दिए । साेही कार्यक्रममा नेशनल प्याब्सन भक्तपुर अध्यक्ष सन्जय खड्का अभिभावककाे भूमिकाबारे चर्चा गरेका थिए ।
कार्यक्रम सञ्चालक एवम् स्कुल काेअर्डिनेटर विष्णुमाया लामाले सञ्चालन गरेको उक्त कार्यक्रममा नेशनल प्याब्सन भक्तपुरका उपाध्यक्ष रामप्रसाद खाताखाे, युएसडिएफकाे अध्यक्ष श्रीराम सुवाल, एसएस सदन सेकेणेडरी स्कूलका प्रिन्सिपल मुकेश याेन्जनलगायत करिब ९० प्रतिशत भन्दा बढी अभिभावककाे उपस्थिति रहेको थियाे ।

कार्यक्रमका सभापति एवम् स्कूलका प्रिन्सिपल विनाेद लामाले प्रत्येक वर्ष अभिमुखीकरण गरिरहेकाे जानकारी दिए ।
