शनिबार, कार्तिक २२, २०८२

21.1 C
Bhaktapur
शनिबार, कार्तिक २२, २०८२
21.1 C
Bhaktapur
HomeNews Contentसमाचारसूर्यविनायक नपाले बनायाे नक्सा पासविनै प्रमुख प्रशासकीय भवन

सूर्यविनायक नपाले बनायाे नक्सा पासविनै प्रमुख प्रशासकीय भवन

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका आफैले नक्सा पास विना प्रमुख प्रशासकीय भवन निर्माण गरेकाे छ ।

नगरपालिकाले वडा नं. ५ कटुञ्जेम नक्सा पास विना नै भवन बनाएको खुलेको हाे । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेकाे प्रतिवेदनले साे तथ्य बाहिर ल्याएको हाे ।

प्रतिवेदनकाे सार्वजनिक जग्गामा भवन निर्माण खण्डमा भनिएकाे छ :
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २७ (१) मा गाउँपालिका/नगरपालिकाबाट नक्सा पास नगराई भवन निर्माण गर्न नहुनेव्यवस्था छ । पालिकाले पालिकाको प्रशासकीय भवन निर्माणको लागि सो स्थानमा रहेको महेन्द्र निम्न माध्यामिक विद्यालयको नाममा रहेको जग्गामा पालिकाले प्रशा सकीय भवन निर्माण गर्न मिति २०७६।९।२४ मा सम्झौता भई हालसम्म रु १७,२५,६०,२७५/४५ खर्च र ८६. २७ प्रतिशत भौतिक प्रगति भएको छ। तर पालिकाको नाममा जग्गाको लालपूर्जा नभई नक्सा पास नगरीकन पा लिका स्वयम आफैले प्रशासकीय भवन निर्माण गरेको छ। सोहि ऐनको दफा ३९ (५) मा नक्सा पास नगरी वा पास भएको नक्सामा स्वीकृति बेगर हेर फेर गरी भवन निर्माण गरेको वा गरिरहेको ठहरेमा नक्सा पास नगरी भवन ब नाएको भए पाँच लाख रुपैयाँसम्म र पास भएको नक्सामा स्वीकृति बेगर हेर फेर गरी भवन बनाएको भए दुई लाख रुपैयाँसम्म जरिवाना गरी अध्यक्ष वा प्रमुखले सो भवन वा त्यसको कुनै भाग भत्काउने आदेश दिने व्यवस्था छ । पालिकाको भवन निर्माण भई कार्यालय सरी सकेको अवस्थामा पाि लकाको नाममा लालपूर्जा र नक्सा पास गराई राख्नु पर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको