शनिबार, कार्तिक २२, २०८२

21.1 C
Bhaktapur
शनिबार, कार्तिक २२, २०८२
21.1 C
Bhaktapur
HomeNews Contentशिक्षापारागनकी उन्नति भइन विद्यार्थी नेता: आइतबार विजय जुलुस

पारागनकी उन्नति भइन विद्यार्थी नेता: आइतबार विजय जुलुस

भक्तपुर । भक्तपुरको कमलविनायकस्थित पारागन एकेडेमी सेकेण्डरी बोर्डिङ्ग स्कूलमा शुक्रबार निर्वाचन गरिएको छ । विद्यार्थीलाई निर्वाचनकाे अभ्यास सिकाउन हरेक वर्ष निर्वाचन अभ्यास गर्दै आएको छ ।

शुक्रबार भएको निर्वाचनमा कक्षा ९ की छात्रा उन्नति तामाङ्ग अत्यधिक बहुमतले विद्यालयको क्याप्टेनको रुपमा विजयी भएकी छिन्। कक्षा २ देखि कक्षा १० सम्म अध्ययन रत ६५० जना विद्यार्थीहरु सहभागी रहेको सो निर्वाचनमा क्याप्टेनको लागि प्रतिद्वन्द्वी स्मृति लामाले २८३ मत र विजयी छात्रा तामाङले ३२५ मत प्राप्त गरेकी थिइन्।

निर्वाचनबाट भाईस् क्याप्टेनमा छात्रा मोनिका कर्माचार्य विजयी भए। साथै रेड हाउसको क्याप्टेन, भाइस क्याप्टेन र कोषाध्यक्षमा क्रमश: आर्यस भट्, आर्यन मानान्धर र बिराट प्याठ, यल्लो हाउसबाट क्रमशः क्याप्टेन, भाइस क्याप्टेन र कोषाध्यक्षमा सुनिला कवां, एन्जिला स्यामा र समिक्षा मोक्तान, ग्रीन हाउसबाट क्रमशः आयन लामा, कृस्तिना गुरुङ र श्रेया प्रजापति र ब्लु हाउसबाट डेबिद लागेजु, जस्मिन सुकुपायो र सलिना दनेखु क्रमशः क्याप्टेन, सहायक क्याप्टेन र कोषाध्यक्ष मा विजयी भए। निर्वाचनमा ५५ जना विद्यार्थीहरुले उम्मेदवारी दर्ता गरेका थिए।

विजयी विद्यार्थीहरुलाई बधाई कार्यक्रम शपथ ग्रहण , विजय र्याली र सभा आइतबार गरिने जानकारी प्रिन्सिपल पुण्यराम कवांले दिए । विद्यार्थीहरुमा नेतृत्व क्षमता अभिवृद्धि गर्न, प्रजातान्त्रिक चुनावी प्रक्रियाको जानकारी गराउन र विद्यालयमा हुने विभिन्न अतिरिक्त कृयपलापमा सक्रिय सहभागिता जनाउन विगत १० बर्षदेखि निर्वाचन गर्दै आएको कार्यक्रमका संयोजक तथा विद्यालयका व्यवस्थापक रत्नवीर किसीले बताए ।

निर्वाचन अघि मतदाता नामावली प्रकाशन ,उम्मेदवारी दर्ता , उम्मेदवार उपर दाबी बिरोध ,विभिन्न ब्लकहरुमा जन सभा पनि भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको