शनिबार, कार्तिक २२, २०८२

21.1 C
Bhaktapur
शनिबार, कार्तिक २२, २०८२
21.1 C
Bhaktapur
HomeNews Contentसमाचारबढ्दो पर्ती अतिक्रमण र प्लटिङ बन्द गर्न माग

बढ्दो पर्ती अतिक्रमण र प्लटिङ बन्द गर्न माग

  • पर्ती बचाउन माग
  • प्लटिङ राेक्न माग
  • जनप्रतिनिधिले कडाइ गर्नुपर्नेमा जाेड

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नं. ९ का स्थानीयले वडामा रहेका पर्ती जग्गा बचाउन र वडामा भइरहेका प्लटिङ राेक्न माग गरेका छन् ।

आर्थिक वर्ष २०८२/०८३ का लागि निति तथा कार्यक्रम र बजेट निर्माणसम्बन्धी भएकाे भेलामा चाँगुनारायण नपा ९ ताथलीका स्थानीयले साे माग गरेका हुन् । वडा कार्यालयले गरेकाे प्रिबजेट छलफलमा सहभागी राजनीतिक दलका प्रतिनिधि, खानेपानी उपभोक्ता समितिका पदाधिकारी, टाेल विकास संस्थाका प्रतिनिधि, स्वास्थ्यकर्मी, किसान, उपभोक्ताहरू, सञ्चारकर्मी, विद्यार्थी, शिक्षक तथा सराेकारवालाहरूले जनप्रतिनिधिसमक्ष उक्त माग गरे ।

उनीहरूले ताथलीका अधिकांश स्थानका सार्वजनिक जग्गा पर्ती अतिक्रमण भइरहेको, दुरूपयाेग भइरहेको उल्लेख गर्दै त्यसकाे संरक्षणका लागि तत्काल कदम चाल्न अनुराेध गरे । यसका साथै उनीहरूले जग्गा विकासकाे नाममा जथाभावी प्लटिङ भइरहेकाले त्यसले दीर्घकालीन असर पुगेकाे भन्दै तिनीहरूलाई नियन्त्रण गर्न माग गरे ।

यससम्बन्धी पूरा समाचार चाँगुपत्र साप्ताहिकमा पढ्नुहाेस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको