शनिबार, कार्तिक २२, २०८२

21.1 C
Bhaktapur
शनिबार, कार्तिक २२, २०८२
21.1 C
Bhaktapur
HomeNews Contentजीवनशैलीताथलीमा भ्रमण वर्ष लक्षित साइकलिङ हुने

ताथलीमा भ्रमण वर्ष लक्षित साइकलिङ हुने

  • भ्रमण वर्ष २०८२ लक्षित साइकलिङ
  • दक्षिणकाली युवा समूहले वृहत् साइकलिङ गर्ने
  • पर्यटकीय स्थलकाे प्रवर्द्धन र आन्तरिक पर्यटन गतिविधि बढाउन उक्त कार्यक्रम गर्ने

भक्तपुर । भक्तपुरको ताथलीमा नगरकाेट भ्रमण वर्ष २०८२ लक्षित साइकलिङ हुने भएको छ ।

चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीमा रहेका धार्मिक, ऐतिहासिक, पुरातात्त्विक, सांस्कृतिक र प्राकृतिक सम्पदाको प्रचारप्रसारका लागि श्री दक्षिणकाली युवा समूहले वृहत् साइकलिङ गर्ने भएको हाे ।

समूहले चाँगुनारायण नगरपालिकाले सुरू गरेकाे नगरकाेट भ्रमण वर्षलाई सफल बनाउनका लागि उक्त कार्यक्रम गर्ने निर्णय गरेकाे समूहका अध्यक्ष सुरेश गिरिले बताए । सामाजिक जनचेतनामूलक कार्यहरू गर्दै आइरहेको साे समूहले ताथलीका विभिन्न स्थानमा रहेका पर्यटकीय स्थलकाे प्रवर्द्धन र आन्तरिक पर्यटन गतिविधि बढाउन उक्त कार्यक्रम गर्ने निर्णय गरिएको जानकारी दिए ।

उक्त कार्यक्रमका लागि दिपक खड्कालाई कार्यक्रम संयाेजक निर्धारण गरिएको छ । चाँगुनारायण नगरपालिका वडा नं . ९ काे रूपमा रहेकाे साविक ताथली गाविसमा ब्रम्हायणी मन्दिर, चुनदेवी ( चाेलिन्द्याे), डाँडापाटी गणेश, वनदेवी मन्दिर, खगाङ टाेलस्थित भैरव मन्दिर, महाकाली मन्दिर, रिद्दिसिद्दि मन्दिर, बासुकी थान, तैकाबु गणेश मन्दिर, फैढाेका गणेश, भीमेश्वर मन्दिर, दक्षिणबाली, कार्यविनायक, वनमाला टाेलस्थित गणेश मन्दिर, हनुमान पाञ्चायन, ढुङ्गेनकाे पशुपति, माझी भैरव, पुजारी पाटी, ऐतिहासिक चट्टान अभिलेख( १६ वटा), आदिनाथ, ताथली गढी, कल्पेश्वर महादेव, बाला टाेल गणेश, बिडाेल पाटीलगायतका स्थानहरू छन् ।

तिनै सम्पदाको प्रवर्द्धनमा सहयाेग पुर्याउन असारमा उक्त कार्यक्रम गरिने भएको समूहले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको