शनिबार, कार्तिक २२, २०८२

21.1 C
Bhaktapur
शनिबार, कार्तिक २२, २०८२
21.1 C
Bhaktapur
HomeNews Contentसमाचारसेनाको मेजर हुँ भनी धम्की दिने ताथलीका एक र प्रहरी हुँ भन्दै...

सेनाको मेजर हुँ भनी धम्की दिने ताथलीका एक र प्रहरी हुँ भन्दै ठगी गर्ने यादव पक्राउ

भक्तपुर । भक्तपुरमा सर्वसाधारणलाई झुक्याउने दुई व्यक्तिहरु पक्राउ परेका छन् । पक्राउ परेकामा भक्तपुर ताथली बस्ने वर्ष ३८ को रुद्रराज कार्की र काठमाण्डौँ जोरपाटी बस्ने वर्ष २७ को काशिन्द्र कुमार ठाकुर रहेका छन् ।

पक्राउ परेका कार्की रामेछाप मन्थली नगरपालिका वडा नं. ७ घर भई हाल ताथली बस्दै आएका र यादव सिराहा बरियारपट्टी गाउँपालिका वडा नं. ५ घर भई हाल जाेरपाटी बस्दै आएका प्रहरीले जनाएकाे छ ।

कार्कीले आफु नेपाली सेनाको मेजर हुँ भनि ट्याक्सी चालक जिल्ला भक्तपुर नगरपालिका वडा नं. २ व्यासी बस्ने मनोज न्यौपानेलाई धाक धम्की दिई भाडा नदिएकोमा यस परिसरको प्रहरी टोलीले नियन्त्रणमा लिएकाे र यादवले मध्यपुरठिमी नगरपालिका वडा नं. २ दिव्यश्वरी स्थितमा ठगी परेका पिडित व्यक्तिहरुलाई पैसा अशुल गरी दिन्छु भनि आफुलाई नेपाल प्रहरीको प्रहरी नायव उपरीक्षक संजय यादव बताएर ठगी गरेकाे प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्र.ना.उ. ढुण्डीराज नेउपानेले प्रहरी वृत्त ठिमी भक्तपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई दुबै घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेकाे जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको