शनिबार, कार्तिक २२, २०८२

21.1 C
Bhaktapur
शनिबार, कार्तिक २२, २०८२
21.1 C
Bhaktapur
HomeNews Contentशिक्षास्थानीय पाठ्यवस्तुकाे तयारीमा चाँगुनारायण

स्थानीय पाठ्यवस्तुकाे तयारीमा चाँगुनारायण

० हरिसुन्दर छुकां

भक्तपुर । चाँगुनारायण नगरपालिकाले स्थानीय पाठ्यक्रमका लागि सहयोग पुग्ने पाठ्यवस्तु तयारी थालेकाे छ । स्थानीय तह, विद्यालय र सरोकारवालाहरूको सहभागितामा स्थानीय आवश्यकता, ज्ञान, सीप, प्रविधि, संस्कृति, र वातावरणलाई समेटेर तयार पारिने पाठ्यक्रमका लागि सहयोग पुग्ने पाठ्यवस्तु तयारीमा नगरपालिका जुटेकाे हाे ।

चाँगुनारायण नगरपालिकाले राष्ट्रिय पाठ्यक्रमले समेट्न नसकेको स्थानीय विषयवस्तुहरूलाई समावेश गरी विद्यार्थीहरूलाई आफ्नो समुदायसँग जोड्ने अभ्यासका लागि शैक्षिकसत्र २०७६ देखि स्थानीय पाठ्यक्रमहाम्रो चाँगुनारायण´ सुरू गरेकाे थियाे । पाठ्यक्रममा नगरपालिकाको भौगोलिक अवस्थिति, विश्वप्रसिद्ध चाँगुनारायण मन्दिर, मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदा, पर्यटन, संस्कार, रीतिरिवाज, स्थानीय पेसा र प्रविधि, जीवन दर्शन, स्वास्थ्य, सिर्जना र सिपगत शिक्षा समावेश गरिएको छ । ती विषय समावेश भएको पाठ्यक्रम लागू भए पनि त्यसलाई कार्यान्वयन गर्न समस्या झेलिरहेका शिक्षककहरूकाे शिक्षणमा सहजता ल्याउन पालिकाले पाठ्यवस्तु तयारीका लागि चाँगुनारायण नगरपालिका र नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको साझेदारी र स्विस रेडकसको आर्थिक सहयोगमा सञ्चालित स्वास्थ्य बुढ्यौलीका लागि सहारा परियोजना अन्तर्गत स्थानीय पाठ्यवस्तु तयारी सम्बन्धी कार्यशाला सम्पन्न गरेकाे छ ।

कार्यशालामा चाँगुनारायण नगरपालिकामा रहेका ३४ सामुदायिक विद्यालयका ३९ जना शिक्षकहरू सहभागी रहेका थिए । कार्यशालाका सहजकर्ताहरूले विपद् जाेखिम न्यूनीकरण, सडक सुरक्षा, जलवायु परिवर्तन, ज्येष्ठ नागरिक र स्वस्थ्य बुढ्याैलीका विषयमा अभ्यास कार्य र समूह कार्यमार्फत पाठ्यवस्तु निर्माणका लागि सुझाव दिएका थिए । नगरपालिकाकाे साे कार्यक्रमले आफू लाभान्वित भएकाे श्री वाल्मीकि आधारभूत विद्यालयका शिक्षक टिकाराम गेलालले बताए । उनले पाठ्यक्रमले निर्धारण गरेका विषयवस्तुकाे अभाव पूर्ती गर्न कार्यशाला उपयोगी भएको बताए । कार्यक्रममा शिक्षक यशाेदा दुलालले पाठ्यवस्तु निर्माणले स्थानीय पाठ्यक्रम अध्यापन गराउन अफ्ट्यारो भाेगिरहेका शिक्षक र विद्यार्थी लाभान्वित हुने बताइन् । भनिन्,स्थानीय पाठ्यक्रम छ, पाठ्यवस्तु छैन, कनिकुथि पाठ्यवस्तु खाेजेर अध्यापन गराइरहेको छु । पाठ्यक्रममा नवाैं पाठ्यवस्तुका रूपमा स्वस्थ बुढ्याैली थपिएको छ ।´

कार्यक्रममा वालभूषण आविका शिक्षक सत्यमोहन शर्माले कार्यशाला उपलब्धिमूलक रहेको बताए । उनले पाठ्यक्रममा भएको खाडल पुर्नका लागि आवश्यक पाठ्यवस्तुले शिक्षण क्रियाकलापमा सहयोग पुग्ने बताए ।

कार्यक्रममा नेपाल रेडक्रस साेसाइटी भक्तपुरका सभापति परशुराम पाण्डेले विद्यालय तहबाटै शिक्षा दिन सके त्याे सिकाइ दिगो हुने भएकाले ज्येष्ठ नागरिक, सडक दुर्घटना, स्वस्थ बुढ्याैलीका बारे जानकारी दिन स्थानीय पाठ्यक्रम प्रभावकारी हुने बताए । उनले पछिल्लो समयमा नागरिक भावनाकाे अभाव भइरहँदा त्यसकाे पूर्ति गर्ने काम शिक्षककाे काँधमा रहेकाले त्याे जिम्मेवारी निर्वाह गर्न अनुरोध गरे । उनले नेपाल रेडक्रस साेसाइटी भक्तपुरले स्कुल- स्कूलमा विपद् व्यवस्थापनबारे अभिमुखिकरण सञ्चालन गरिने समेत जानकारी दिए । उनले कार्यशालामा सहभागी शिक्षकहरूलाई तालिमकाे प्रमाणपत्र प्रदान गर्दै आफूमा भएको ज्ञानलाई प्रभावकारी रूपमा सम्प्रेषण गर्न अनुरोध गरे ।

कार्यक्रममा नेपाल रेडक्रस साेसाइटी भक्तपुरका महामन्त्री धर्मराज कार्कीले जहाँ दु: ख त्यहाँ रेडक्रस भन्ने मूल ध्येयका साथ काम गरिरहेको बताउँदै देशलाई बिगार्न शिक्षा बिगारे पुग्ने सन्दर्भ जाेडे । उनले शिक्षालाई माैलिक र भूगोल सुहाउँदो बनाउन स्थानीय पाठ्यक्रम उपयोगी भएको बताए भने नेपाल पत्रकार महासंघ भक्तपुरका सहसचिव एवम् चाँगुपत्र साप्ताहिकका सम्पादक हरिसुन्दर छुकांले स्थानीय पाठ्यक्रमले निर्धारण गरेका उद्देश्यलाई पूरा गर्न पाठ्यवस्तु निर्माण सहयाेगी हुने जनाउँदै आफू स्थानीय पाठ्यक्रमका लागि आवश्यक सन्दर्भ सामग्रीको तयारीमा लागेको समेत जानकारी दिए ।

कार्यक्रममा नगरपालिकाकाे सामाजिक विकास शाखा प्रमुख नीलाकुमारी घिमिरे, स्वास्थ्य शाखा प्रमुख दिलकुमार दुवाल, नेरेसाेका बालकृष्ण सेढाईँ, रेडक्रस भक्तपुरका कार्यालय प्रमुख उमा थापा, रेडक्रसका कार्यक्रम संयाेजक राजु राउत, विपद् व्यवस्थापन सम्बन्धी प्रशिक्षक राजकुमार लम्साललगायतले सहजीकरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको