सोमवार, कार्तिक २४, २०८२

13.1 C
Bhaktapur
सोमवार, कार्तिक २४, २०८२
13.1 C
Bhaktapur
HomeNews Contentशिक्षावक्तृत्वमा महेन्द्र ग्राम प्रथम, आरक्षण दाेस्राे र फुलब्राइट तेस्रो

वक्तृत्वमा महेन्द्र ग्राम प्रथम, आरक्षण दाेस्राे र फुलब्राइट तेस्रो

भक्तपुर । नगरकोट भ्रमण बर्ष २०८२ लक्षितस्वच्छ वायु लामो आयु ´ बिषयक माध्यामिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । “सरसफाइ नै सभ्यता हो, यहि भावना जगाऔं । सबै मिली चाँगुनारायणलाई स्वच्छ हराभरा बनाऔं ।´ भन्ने नाराका साथ चाँगुनारायण नगरपालिका खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) शाखाकाे आयाेजना तथा स्वच्छ हावा संजाल चाँगुनारायणकाे समन्वयमा मंगलबार उक्त प्रतियोगिता गरेकाे हाे ।

चाँगुनारायण नगरपालिकाका २५ माध्यमिक विद्यालयकाे सहभागितामा सम्पन्न प्रतियोगितामा महेन्द्रग्राम मा.विका विद्यार्थी प्रथम – श्रीजला दुलाल, दाेस्राे आरक्षण नेशनल एकेडमीका छात्रा जया दुलाल र तेस्रो फुलब्राइट ई. स्कुलका आकृति न्यौपाने भएका थिए ।

स्पर्धामा प्रज्ञा ईंग्लिश स्कुलका छात्र अथर्व कुमार कार्की सान्त्वना भएकाे आयाेजकले जनाएको छ । स्पर्धामा विजयी विद्यार्थीलाई एक समाराेहबीच नगरपालिकाले पुरस्कृत गरेकाे आयाेजक वास शाखा प्रमुख सुरेन्द्र लामिछानेले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको