शनिबार, कार्तिक २२, २०८२

21.1 C
Bhaktapur
शनिबार, कार्तिक २२, २०८२
21.1 C
Bhaktapur
HomeNews Contentअर्थखासाङखुसुङ घट्टेखाेला करिडोर र महादेव खाेला बहुउद्देश्यीय परियाेजनाका लागि बजेट विनियोजन गर्न...

खासाङखुसुङ घट्टेखाेला करिडोर र महादेव खाेला बहुउद्देश्यीय परियाेजनाका लागि बजेट विनियोजन गर्न माग

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाका विभिन्न वडाहरूका लागि बजेट व्यवस्थापन गरिदिन चाँगुनारायण नगर कार्य समितिले माग गरेको छ ।
आगामी आ.व. २०८२/०८३ को वार्षिक बजेटमा चाँगुनारायण नगरपालिकाका विभिन्न योजनाहरुका लागि शहरी विकास मन्त्रालयमार्फत बजेट विनियोजित गरिदिनु नेपाली काँग्रेस चाँगुनारायण नगर समितिले माग गरेको हाे ।
समितिका सभापति शिवहरि के.सी.ले उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहसँग साक्षात्कार गरि उनले विभिन्न याेजनाका लागि बजेट माग गरेको बताए । उनले खासाङ्गखुसुङ्ग घट्टेखोला (महादेव खोला) करिडोर निर्माण गर्न, महादेब खोला बहुउद्देश्यीय रियोजना, चा.न.पा-६,७ का लागि बजेट माग गरेका हुन् ।
त्यस्तै कालधारा पाटी पुलबाट दोंबु कासुला टोल हुँदै सुन्दरथली चाँगुनारायण मन्दिर जाने बाटो ढल सहित स्तरोन्नती, चा.न.पा-२, सरस्वती मन्दिर अवाल टोल हुँदै इटाफाट निकोसेरा जाने सडक स्तरोन्नती, चा.न.पा -१, रुपाथलीबाट मनोहरा स्कुल जाने सडक स्तरोन्नती, चा.न.पा-१, चापाबोट गुरुङ्ग गाउँ, शान्ति डाँडा, महाँकाल महाकाली हुँदै नगरकोट जाने सडक स्तरोन्नती, चा.न.पा -४, खर्कपुलबाट हलाल गाउँ हर्सपुर हुँदै पर्यटकिय क्षेत्र नगरकोट जाने सडक स्तरोन्नती, चा.न.पा -५, छालिङ्ग ओम शान्ति जाने सडक स्तरोन्नती, चा.न.पा-५ र शहरी हरियाली पार्क निर्माणका लागि बजेट माग गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको