शनिबार, कार्तिक २२, २०८२

21.1 C
Bhaktapur
शनिबार, कार्तिक २२, २०८२
21.1 C
Bhaktapur
HomeNews Contentजीवनशैलीसिम्रिक सहकारीको १६ औं स्थापना दिवस : दन्त शिविरसँगै डाक्टर सम्मानित

सिम्रिक सहकारीको १६ औं स्थापना दिवस : दन्त शिविरसँगै डाक्टर सम्मानित

भक्तपुर । सिम्रिक साकाेसले आफ्नो १६ औं स्थापना दिवसको अवसरमा नि:शुल्क दन्त शिविर आयाेजना गरेकाे छ । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीमा रहेकाे साे सहकारीले आफ्नो स्थापना दिवसकाे अवसर र सामाजिक उत्तरदायित्व अन्तरगत नि: शुल्क दन्त शिविर आयाेजना गरेकाे हाे ।


शनिबार सहकारीको प्राङ्गणमा आयाेजित उक्त शिविरका लागि भक्तपुरको च्याम्हासिंहस्थित स्माइल टेक डेण्टल क्लिनिकले प्राविधिक सहयाेग गरेकाे थियाे । शिविरमा विभिन्न स्थानका १५० बढी सहभागी भई दन्त परीक्षण गराएका आयाेजकले जनाएकाे छ ।

सहकारीको स्थापना दिवसको अवसरमा आयाेजित शिविर सम्पन्न गर्न सहयोग गर्ने डेण्टल क्लिनिकका स्वास्थ्यकर्मी, प्राविधिकसहित स्थानीय सुनिल पण्डितलाई प्रशंसा पत्र प्रदान गरिएको थियाे । कार्यक्रममा डाक्टरहरू पूजा गाइजू, उरूषा गाइँजू, प्रिया मानन्धर, फरिदा कार्की, जेनिशा खायमली, रमिला खड्का अनिल कासुलालाई सम्मान गरिएको सहकारीका अध्यक्ष रमेश न्हेम्हाफुकीले बताए । सहकारीले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व अन्तरगतका विभिन्न गतिविधि गर्ने कार्यक्रम संयाेजक उत्तम साखकर्मी र सचिव हरिसुन्दर छुकांले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको