सोमवार, कार्तिक २४, २०८२

13.1 C
Bhaktapur
सोमवार, कार्तिक २४, २०८२
13.1 C
Bhaktapur
HomeNews Contentशिक्षारोम्बस स्कुललाई कक्षा ११ को अनुमति प्राप्त

रोम्बस स्कुललाई कक्षा ११ को अनुमति प्राप्त

भक्तपुर । भक्तपुरको कमलविनायकस्थित रोम्वस सेकेण्डरी स्कुलले कक्षा ११ सञ्चालनको अनुमति पाएको छ । भक्तपुरको कमलविनायक टाउन प्लानिङ(चोखा विनायक) स्थित सो विद्यालयले यही आर्थिक वर्षबाट कक्षा ११ सञ्चालन गर्न सक्ने गरी अनुमति पाएको हो ।

शिक्षा क्षेत्रमा छोटो समयमा प्रगति गर्दै प्रतिष्ठित शैक्षिक संस्था बन्न सफल रोम्बस सेकेण्डरी स्कुललाई चाँगुनारायण नगरपालिकाले कक्षा ११ सञ्चालनको अनुमति दिएको विद्यालयका प्रिन्सिपल डा. राजेन्द्र कोजूले बताए ।

उनले विद्यालयले चाँगुनारायण नगरपालिकाले कक्षा ११ को अनुमति प्रदान गरेको जनाउँदै यही वर्षबाटै कक्षा समेत सञ्चालन हुने जानकारी दिए । विद्यालयले यस वर्ष व्यवस्थापन समूह, मानविकी र कानून समूहका विषयहरुको कक्षा सञ्चालन गर्ने तयारी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको