सोमवार, कार्तिक २४, २०८२

13.1 C
Bhaktapur
सोमवार, कार्तिक २४, २०८२
13.1 C
Bhaktapur
HomeNews Contentसमाचारताथलीमा बढ्दै कुकुर आतङ्क

ताथलीमा बढ्दै कुकुर आतङ्क

भक्तपुर । भक्तपुरको ताथलीमा छाडा कुकुर आतङ्क बढेको छ । चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीका विभिन्न टाेल र बस्तीमा कुकुर आतंक बढेकाे हाे ।

छाडा रूपमा छाडिएका कुकुरहरूले ताथलीका विभिन्न टाेल, चाेक र बस्तीका गाेठमा पालिएका किसानका बाख्रा, बाेका, भेडालगायतका पशुपंक्षीमाथि आक्रमण गरेका स्थानीयले बताए । जेठकाे पहिलो हप्तामा मात्र कुकुरकाे बथानले ताथलीकाे नालाछापका किसानहरूले पालेका बाख्रामाथि आक्रमण गरेका घटना सार्वजनिक भएका छन् ।


यसले गर्दा ताथलीवासी आक्रान्त बनेका छन् । ताथलीकाे नालाछापका स्थानीय रमेश थापाले भने, दिनानुदिन कुकुर आतंक बढेकाे छ, कुकुरले खाेरमै गएर बाख्रा मार्न थालेका छन्, नालाछापमा मात्र ७/८ वटा बाख्रा मारिसकेका छन् ।´ गत शनिबार ताथलीकाे राउत टाेलमा कुकुरको आक्रमणमा परेर मृग समेत घाइते भएका थिए । कुकुरले दिनदहाडै पशुपंक्षी मार्न थालेपछि स्थानीयले छाडा कुकुर नियन्त्रण र नियमनका लागि स्थानीय सरकारलाई गुहारेका छन् । चाँगुनारायण नगरपालिकाले हरेक वर्ष छाडा (सामुदायिक )कुकुर नियन्त्रणका लागि बन्ध्याकरण र रेबिजवरूद्द खाेप कार्यक्रम सञ्चालन गर्ने गरे पनि त्यसकाे प्रभावकारितामाथि प्रश्न उठेकाे छ ।

टाेल, बस्तीमा कुकुर आतङ्क बढ्नुमा छाडा कुकुरहरू भाेका भएका र तिनीहरूले पशुपंक्षीमाथि आक्रमण गरेका स्थानीयकाे भनाइ छ । यसका साथै मरेका कुखुरा खाेला, खाेल्सीमा फाल्दा फालेका कुखुरा खान पल्केका कुकुरको कारण पनि आतंक बढेकाे देखिएको स्थानीय बताउँछन् । कुकुर आतंक बढ्दा पनि कुकुरलाई नियन्त्रणमा लिन नसकिएको चाँगुनारायण नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष गणेश त्यातले बताए । उनले सामुदायिक कुकुर नियन्त्रणका लागि वडा र नगरपालिकाकाे प्रयास पर्याप्त नभएकाे बताए । छाठा कुकुर नियन्त्रणमा कानुनी व्यवधान समेत रहेकाे उनले जानकारी दिए ।

उनले भने,दिनदिनै कुकुर आतंक बढेकाे छ, स्थानीयमा पशु चाैपाया र दाेपायामाथि आक्रमण बढेको छ । स्थानीयले कुकुर मार्नु पर्याे भन्ने माग गरेका छन् । तर, त्याे सम्भव छैन, कुकुर मार्न नपाइने पशु अधिकारवादीहरूकाे भनाइ छ । यसले गर्दा छाडा कुकुर तत्काल नियन्त्रण गर्न सकिएको छैन ।´
काठमाडौं उपत्यकामा मात्र दैनिक २५० भन्दा बढी व्यक्ति कुकुरले टोकेर अस्पताल पुग्ने गरेका तथ्यांक रहेको बेला ताथलीमा बढेका आतंकबाट बालबालिका र वृद्धवृद्धाहरू सडकमा हिँड्न समेत डराउनुपर्ने स्थिति सिर्जना भएकाे स्थानीय बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको