भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकामा जागिर बाँड्ने कार्यक्रम चलेकाे प्रसङ्ग उत्थान भएको छ ।
सामाजिक सञ्जालमा एक व्यक्तिले चाँगुनारायण नगरपालिकाका जनप्रतिनिधि ( मेयर, उपमेयर) काे कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नगरपालिकामा जनमुखी कार्यक्रमभन्दा बढी जागिर बाँड्ने कार्यक्रम फस्टाएको अभिव्यक्ति सार्वजनिक गरेका हुन् ।
उनले सार्वजनिक गरेकाे अभिव्यक्ति यस्तो छ :
प्रसङ्ग चाँगुनारायण नगरपालिका,
बाहिर चिया पसलमा चिया गफको सिलसिलामा एउटा दाइले गज्जबको कुरो गरे ” नगरपालिकामा पैसा छैन रे समितिको खातामा हाल्न लाई.. नगरपालिकाले पैसा नहालिदिनाले उधारोमा लिएर आएको ढुङ्गा बालुवा र हार्डवेर वालालाइ दिएको चेक बाउन्स भएछ।पैसा छैन भन्ने अनि अबैध प्लानिङ र खानी बलको आधारमा चल्न दिने ।समातेर लिएर आको गाडी मेयर र उपमेयरको आदेशमा छाड्ने। नगर प्रहरीलाई दुई दलका नेताले खेलौना जस्तो घुमाएका छन।समातेर लेराउ भने पछि लेराउने छोड भन्ने आदेस आए पछि छाड्ने।
युवा लाई रोजगार भन्दै नगरपालिकामा supervisor को नाउमा १०० जनालाई तलब खुवाउने। काम चाहिँ त्यही अनुगमन गर्न लाई । त्यो अनुगमनका लागि नगरपालिकाको कर्मचारी र स्थानीय तहको रोहवरमा अर्को समिति पहिलै छ। अझै हास्यास्पद के छ भने एक जना supervisor ले हामी बसेको ठाउँमा आएर एकजना ठेकेदारसंग योजनाको नाम हरु माग्दै थिए। तलब आउने बेला चाहिन्छ रे।
बरु वडामा १ जना कर्मचारी supervisor खटाएर बाँकी युवालाई सीप अनुसार रोजगार दिन सकिन्थ्यो, तर यहाँ त राजनीतिक स्वार्थ पूरा गर्नकै लागि जागिर बाँड्ने कार्यक्रम चलेको छ। तपाइँको झोला बोक्ने र गुणगान गाउने हरु जुका फुलेको जस्तो फुली सके।। अब यहाँ भन्दा बढी नगरम। हामीले तिरेको राजस्व जरिवाना र कर लाई बिकास गर्न सदुपयोग गर्नुस। झोले पालेर जनता मार्ने काम बन्द गरियोस।
नोट: यति भन्दै गर्दा दाइले धेरै ठाउँमा आक्रोशित हुँदै केही अश्लील शब्द नि बोले तर त्यो यहाँ सेन्सरको कारण लेख्न सकिन ।
खड्का सतीसले सामाजिक सञ्जालमा लेखेका छन् ।
