शनिबार, कार्तिक २२, २०८२

21.1 C
Bhaktapur
शनिबार, कार्तिक २२, २०८२
21.1 C
Bhaktapur
HomeNews Contentचाँगुपत्रसडक दुर्घटना न्यूनीकरणका लागि ताथलीमा सचेतना

सडक दुर्घटना न्यूनीकरणका लागि ताथलीमा सचेतना

भक्तपुर । भक्तपुरको ताथली–नाला सडकमा बढ्दो सडक दुर्घटना न्यूनीकरणका लागि सचेतना कार्यक्रम गरिएको छ । चाँगुनारायण नगरपालिका वडा नं . ९ ताथलीको उक्त सडकमा बढ्दो सवारी चापसँगै बढेको दुर्घटना न्यूनीकरणका लागि दक्षिणकाली युवा समूहले सचेतना कार्यक्रम गरेको हो ।

अरनिको राजमार्गको वैकल्पिक सडकको रूपमा रहेको ताथली–नाला सडकको याण्डोल, फैढोका, पण्डित पधेँरो गोठालेचौर, नालाछाप खण्डमा दुर्घटना बढिरहेको बेला समूहले सामाजिक उत्तरदायित्वअन्तरगत दुर्घटना न्यूनीकरणका लागि सचेतना कार्यक्रम आयोजना गरेको समूहका अध्यक्ष सुरेशराज गिरिले बताए ।

सडक सचेतना अन्तरगत समूहले महानगरीय ट्राफिक प्रभाग कमलविनायकसँग समन्वय गरी ट्राफिक सचेतना ¥याली, अन्तरक्रिया र सचेतना बोर्ड राखेको छ । शनिबार भएको सचेतना ¥याली अन्तरगत युवा, विद्यार्थीफ ट्राफिक प्रहरी, जनप्रतिनिधि, समाजसेवी, शिक्षक तथा स्थानीयहरूको सहभागितामा समूहले ताथली–नाला सडकको फैढोकादेखि नालाछापसम्म सचेतना र्याली गरेको थियो ।

अन्तरक्रियामा चाँगुनारायण नगरपालिका वडा नं. ९का वडा अध्यक्ष गणेश त्यातले सडक दुर्घटना न्यूनीकरणका लागि नागरिक भावनाको जरुरी रहेको उल्लेख गर्दै बढ्दो दुर्घटना न्यूनीकरणका लागि वडा कार्यालयले पहलकदमी लिने प्रतिवद्दता जनाए । उनले दुर्घटनाको संख्यामा वृद्धि हुनुमा साँघुरो सडकका साथै चालकको लापरवाही, ट्राफिक प्रहरीको गलत कार्य समेत जिम्मेवार भएको जनाउँदै दुर्घटना कम गर्नका लागि युवा समूहको प्रयासको प्रशंसा गरे ।

कार्यक्रममा महानगरीय ट्राफिक प्रभाग कमलविनायकका इन्चार्ज ताराबहादुर खड्काले सबै सचेत भएरै बढ्दो सडक दुर्घटना घटाउन सकिने बताए । उनले प्रत्येक चालक, पैदलयात्रीले ट्राफिक नियम पालना गर्नुपर्नेमा जोड दिए । इन्चार्ज खड्काले सडक दुर्घटनाका कारण ठूलो मात्रामा धनजनको क्षति भइरहेको उल्लेख गरे । इन्चार्ज खड्काले सडक दुर्घटना न्यूनीकरणका लागि सबै पक्षबीच समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिँदै ताथलीका युवाहरुको प्रयासको सराहना गरेका थिए ।

कार्यक्रममा सञ्चारकर्मी हरिसुन्दर छुकांले सडक दुर्घटना रोकथाम गर्ने विषय सबैको सरोकारको विषय भएको उल्लेख गर्दै ताथलीमा बढ्दो सडक दुर्घटना रोकथामका लागि दक्षिणकाली युवा समूहको प्रयास उदाहरणीय, सराहनीय र अनुकरणीय रहेको जनाए । उनले सडक सचेतना कार्यलाई निरन्तरता दिन समेत अनुरोध गरे ।

अन्तरक्रियामा समूहका सदस्य राजकुमार बस्नेत र सदेश खड्काले दक्षिणकाली युवा समूह नाफामुखी संस्था नभई सेवामुखी समूह भएकाले नागरिकमा सचेतना वृद्धिका लागि समूहले अगुवाइ गरेको बताए । उनीहरुले बढ्दो सडक दुर्घटनाले ताथलीवासी त्रासमा बाँच्न विवस भइरहेकाले सो समस्या समाधानका लागि ठोस कदम चाल्न अनुरोध गरेका थिए ।

कार्यक्रममा ताथलीको गणेश माविकी छात्रा असलीमाया तामाङले सडक दुर्घटना हुन नदिनका लागि विद्यार्थी समयदेखि नै सचेतना आवश्यक रहेको बताइन् । कार्यक्रममा समूहका सदस्य ईश्वर खड्का, घनश्याम खड्काले सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सचेतनामा जोड दिए । समूहका अध्यक्ष सुरेशराज गिरीले दुर्घटना न्यूनीकरणका लागि स्थानीय, जनप्रतिनीधि, युवा, महिला, विद्यार्थी, यात्रु, प्रहरी, प्रशासन सबैको सहयोग आवश्यक रहेकोमा जोड दिए । उनले नियमविपरीतका गतिविधिलाई तत्काल नियन्त्रण गर्न समेत माग गरे ।

सचेतना अन्तर्गत ताथली–नाला सडकका विभिन्न खण्डमा सचेतना बोर्ड टाँगिएको थियो । कार्यक्रममा बोर्डका लागि सहयोगीहरुलाई कदर पत्र प्रदान गरिएको थियो ।

चाँगुपत्र साप्ताहिकमा प्रकाशित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको