शनिबार, कार्तिक २२, २०८२

21.1 C
Bhaktapur
शनिबार, कार्तिक २२, २०८२
21.1 C
Bhaktapur
HomeNews Contentशिक्षामहेन्द्रग्राममा १२५ जना नयाँ विद्यार्थी भर्ना

महेन्द्रग्राममा १२५ जना नयाँ विद्यार्थी भर्ना

भक्तपुर । भक्तपुरको सुडालमा रहेको महेन्द्रग्राम माध्यमिक विद्यालयमा १२५ जना विद्यार्थी भर्ना भएका छन् । चाँगुनारायण नगरपालिका वडा नं. ८, सुडालको सो विद्यालयमा शैक्षिक सत्र २०८२ मा सोको संख्यामा विद्यार्थी भर्ना भएका विद्यालयले जनाएको छ ।

उत्कृष्ट शैक्षिक केन्द्रका रुपमा परिचय बनाउँदै अघि बढिरहेको सो विद्यालयमा विगत ५ वर्षदेखि विद्यार्थी आर्कषण बढिरहेको छ । अँग्रेजी माध्यमका साथै विभिन्न बिदामा समेत कक्षा सञ्चालन गरी शैक्षिक गुणस्तर कायम गर्न सफल सो विद्यालयमा विभिन्न निजी विद्यालय छोडेर भर्ना हुने विद्यार्थीको संख्या बढी रहेका विद्यालयले जनाएको छ ।

विद्यालयका अनुसार चालू शैक्षिक सत्रमा कक्षा १ देख १० समम ६५ र नर्सरी कक्षामा ६० जना नयाँ विद्यार्थी भर्ना भएका छन् । भर्ना भएका विद्यार्थीलाई मंगलबार एक कार्यक्रमको आयोजना गरी स्वागत गरिएको छ ।

उनीहरुलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार बुढाथोकी, पूर्व प्रअ तथा विव्यस अध्यक्ष रामशरण कार्की, शिक्षक अभिभावक संघका पदाधिकारी, विद्यालयका प्रधानाध्यापक सोम श्रेष्ठ तथा शिक्षकहरुले विद्यालयको नाम अंकित कप वितरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको