भक्तपुर । भक्तपुरको दही अर्थात् जुजु धाै । जुजु धाैकाे नाम उच्चारणले पनि मुखमा पानी आउँछ । अनि भक्तपुर यही जुजु धाैका कारण संसारभर प्रसिद्ध पनि छ । यही प्रसिद्ध जुजु धाैमा कैफियत देखिएको छ ।
भक्तपुरका एक उपभोक्ताले आफूले किनेकाे दहीमा कैफियत भेटेका हुन् । नाम उल्लेख नगर्ने सर्तमा भक्तपुरको व्यासीका एक उपभोक्ताले दहीमा न्याप्किन पेपर भेटिएको जनाए । उनले कैफियत देखिएको दहीकाे भिडियो समेत सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।
दही बनाउन न्याप्किन पेपर प्रयाेग गरिएको हुन सक्ने देखिएको उनको भिडियोबाट प्रष्ट भएको छ । उनले दही सार्वजनिक गरे पनि दही किनेकाे पसलकाे नाम भने सार्वजनिक गरेका छैनन् ।
दहीमा देखिएको कैफियतले अनुगमन गर्ने निकायमाथि प्रश्न उब्जेको छ ।