शुक्रबार, जेष्ठ ३, २०८२

20.5 C
Bhaktapur
शुक्रबार, जेष्ठ ३, २०८२
20.5 C
Bhaktapur
HomeNews Contentसमाचारच्यामासिंहमा जुवातास खेलिरहेका १० जना पक्राउ

च्यामासिंहमा जुवातास खेलिरहेका १० जना पक्राउ

भक्तपुर । भक्तपुर नगरपालिका–९ च्यामासिंहमा जुवातास खेलिरहेका १० जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार चाँगुनारायण नगरपालिका–५, छालिङका ४८ वर्षीय भरत गिरीको घरमा जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरीले शुक्रबार साँझ छापा मारेको हो। भरत गिरीसहित १० जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ।

प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले उनीहरूबाट १ लाख ५३ हजार ८ सय ५० रुपैयाँ नगद र ३ बुक तास बरामद गरेको छ। घटनासम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको