शुक्रबार, जेष्ठ ३, २०८२

20.5 C
Bhaktapur
शुक्रबार, जेष्ठ ३, २०८२
20.5 C
Bhaktapur
HomeNews Contentखोेज/फिचरउपमेयरका सन्तान निजीमा : सन्तान सामुदायिकमा पढाउने निर्णय

उपमेयरका सन्तान निजीमा : सन्तान सामुदायिकमा पढाउने निर्णय

भक्तपुर । काभ्रेको मण्डनदेउपुर नगरपालिकाले जनप्रतिनिधि, विव्यस, शिक्षक अभिभावक संघ, विद्यालयका शिक्षक तथा कर्मचारी र नगरपालिका अन्तर्गता कर्मचारीहरुले अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गर्न निर्देशन दिएको छ ।

नगर शिक्षा समितिको र्बठकले सो निर्णय गरेको हो । बैठकले ‘मण्डनदेउपुर नगरपालिकाभित्र बसोबास गरी नगरपालिकाभित्रका संस्थागत विद्यालयमा आफ्ना छोराछोरी पठनपाठन गराइ रहेका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका पदाधिकारी, विद्यालयका शिक्षक तथा कर्मचारी र नगरपालिका अन्तर्गतका कर्मचारीहरुले वि.सं. २०८२ बैशाख मसान्तसम्ममा अनिवार्य रुपमा नजिकको सामुदायिक विद्यालयमा बालबालिका भना गरी सोको प्रमाण नगरपालिकामा पेप गर्न पत्राचार गर्ने निर्णय गरियो’ भन्ने उल्लेख छ ।

https://www.facebook.com/story.php?story_fbid=8425197954174797&id=100000540282997&rdid=Uzgu2z87Eu932RU2#

पालिकाको नगर शिक्षा शाखाले सो निर्णय गरिरहँदा सोही पालिकाका नगर उपप्रमुख विष्णुमणि नेपालको सन्तान भने भक्तपुरको एक निजी विद्यालयमा अध्ययन गरिरहेका छन् । माथिको निर्णयको भाषाले भने उपमेयर नेपाललाई छुने खालको देखिँदैन ।
यस्तो छ पत्रको व्यहोरा :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको