शनिबार, जेष्ठ ४, २०८२

20.5 C
Bhaktapur
शनिबार, जेष्ठ ४, २०८२
20.5 C
Bhaktapur
HomeNews Contentसमाचार६१ लाख खातामा हाल्न लगाएर फरार २ युवक पक्राउ

६१ लाख खातामा हाल्न लगाएर फरार २ युवक पक्राउ

काठमाडौं । बैंक ब्यालेन्स देखाउन भन्दै ६१ लाख खातामा हाल्न लगाएर फरार दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेको बनेपा नगरपालिका–२ घर भई भक्तपुर बस्दै आएका २० वर्षीय विशाल घिमिरे र रौतहटको गरुडा नगरपालिका–४ घर भएका १८ वर्षीय प्रिन्स कुमार छन् । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनीहरू विद्यार्थी भिसामा अमेरिका जान लागेको भन्दै झुक्याउनमा पारेर बैंक ब्यालेन्स देखाउन भन्दै एक व्यक्तिलाई ६१ लाख रुपैयाँ आफ्नो खातामा जम्मा गर्न लगाएका थिए ।

रकम आफ्नो खातामा आएपछि निकालेर अरू खातामा राखी फरार भएको पाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता अंगुर जिसीले बताए । सुन्धाराबाट बुधबार पक्राउ परेका उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पठाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको