शुक्रबार, जेष्ठ १०, २०८२

24.1 C
Bhaktapur
शुक्रबार, जेष्ठ १०, २०८२
24.1 C
Bhaktapur
HomeNews Contentसमाचारभक्तपुरमा वडा सचिव पक्राउ

भक्तपुरमा वडा सचिव पक्राउ

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकामा कार्यरत एक वडा सचिव पक्राउ परेका छन् । वडा नं १ सिरुटारका वडा सचिव पक्राउ परेका हुन् । जुवा खेलिरहेको अवस्थामा वडा सचिव राम श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । 
उनलाई मध्यपुर थिमि नगरपालिका वडा नं ४ एसएस चोकको एउटा घरमा तास खेलिरहेको बेला पक्राउ गरिएको हो । राम श्रेष्ठलाई नगद रु.६,९००।–(६ हजार नौं सय रुपैँया) सहित पक्राउ गरिएको हो । 
पक्राउ परेका वडा सचिव राम श्रेष्ठ मध्यपुर थिमि नगरपालिका वडा नं ५ वडा अध्यक्ष वडा अध्यक्ष बालकृष्ण श्रेष्ठका भाइ हुन् । 
सोही समूहमा स्वास्थ्य मन्त्रालयका अधिकृत मीनबहादुर श्रेष्ठ पनि पक्राउ परेका छन् । उनलाई नगद रु.११,२००।– (११ हजार दुई सय रुपैँया) सहित पक्राउ गरिएको हो । 
उनीहरु दुवै जनासहित नौ जनाको समूहमा तास खेलिरहेको बेला एकैचोटी उनीहरु पक्राउ परेका हुन् । बैशाख १५ गते साढे चार बजे बजेको समयमा भक्तपुरको मधयपुर ठिमी नगरपालिका वडा नं. ४ एस.एस. चोकस्थित राजेन्द्र श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुलाई नगद, ६ बुक ताससहित जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरी हवल्डार सागर वलीको कमाण्डमा खटिएका प्रहरी टोलीले पक्राउ उनीहरुलाई पक्राउ गरेको हो । 
उनीहरु सवैलाई पक्राउ पछि जिल्ला प्रहरी परिसर भक्तपुरमा ल्याएको थियो । उनीहरु सवैजना अहिले थुनामा छन् । अदालतमा पेश गरेपछि उनीहरुलाई अनुसन्धानका लागि थुनामा राखिएको हो । अदालतले म्याद थप गरिदिएपछि उनीहरु थुनामा परेका हुन् । 
उनीहरु सवैजनाबाट जम्मा रु. १,२३,७५०।– (अक्षररुपी एक लाख २३ हजार सात सय ५० रुपैँया मात्र) नगद बरामद गरेको प्रहरीले बताएको हो । 
उनीहरु मध्यपुर थिमि नगरपालिका वडा नं ५ बस्ने वर्ष ४४ को राजेन्द्र श्रेष्ठ (घरबेटी र खेल्ने पनि)सहित पक्राउ परेका हुन् ।  
उनीहरुबाट बरामद भएको रकम
क)    रु.१००० दरको ९७ थान रु.९७,०००।–
ख)    रु.५०० दरको ४८ थान रु. २४,०००।–
ग)    रु.१०० दरको २४ थान रु. २,४००।–
घ)    रु.५० दरको ७ थान रु.३५०।–

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको