शुक्रबार, जेष्ठ ३, २०८२

20.5 C
Bhaktapur
शुक्रबार, जेष्ठ ३, २०८२
20.5 C
Bhaktapur
HomeNews Contentसमाचारमन्दिरको छाना छाउन पुराना भाँडाकुँडा सङ्कलन

मन्दिरको छाना छाउन पुराना भाँडाकुँडा सङ्कलन

भक्तपुर । भक्तपुरको एक मन्दिरको छाना छाउन पुराना भाँडावर्तन संकलन सुरू गरिएकाे छ ।

ऐतिहासिक, पुरातात्त्विक र धार्मिक महत्व बाेकेकाे वागेश्वरीकाे वाल्मिकेश्वर मन्दिरको छाना छाउनका लागि तामा र पित्तलका गाग्री तथा अन्य वस्तु संकलन सुरू गरिएको हाे । चाँगुनारायण नगरपालिका वडा नं. ७ वागेश्वरीमा वाल्मिकेश्वर मन्दिर निर्माण भइरहेको छ ।

निर्माणाधीन मन्दिरको छाना छाउनका लागि मन्दिर निर्माण समितिले सहयाेगस्वरूप साे अभियान सुरू गरेकाे हाे । साे वडाकम वडाअध्यक्ष श्यामकृष्ण नायजुका अनुसार अहिले धमाधम तामा र पित्तलका सामान संलकन हुँदैछ ।

उनले भने, `मन्दिरकाे छाना छाउनका लागि हामी अहिले तामा र पित्तलका विभिन्न भाँडावर्तन संकलनमा छाैं । ´ उनले हालसम्म करिब २ सय भन्दा बढी पुराना भाँडावर्तन जम्मा भइसकेको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको