भक्तपुर । भक्तपुरको ताथलीस्थित दक्षिणकाली युवा समूहको दोस्रो साधारण सभा सम्पन्न भएको छ । शनिबार भक्तपुरको सूर्यविनायक नगरपालिकाको घ्याम्पेडाँको होटल घ्याम्पे डाँडामा समूहको सो सभा सम्पन्न भएको हो ।
सभाले नयाँ नेतृत्व चयन गरेको छ । सभामा समूहका सचिव सत्यनारायण गिरीले उद्घोषण गरी कार्यक्रम सुरु गरेका थिए । कार्यक्रममा समूहका नवीन बस्नेतले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
दोस्रो साधारण सभामा कोषाध्यक्ष राजकुमार बस्नेतले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । सभामा सम्पूर्ण सदस्यहरूबीच संस्था अझै प्रभावशाली ढंगले अगाडि बढाउनका लागि छलफल भयो। छलफलपछि उक्त कार्यक्रममा नयाँ १० सदस्यहरू थपिने निर्णय सहित कार्यक्रमलाई अगाडि बढाउँदै कार्यक्रमको वार्षिक प्रतिवेदन अध्यक्ष सुरेशराज गिरिले प्रस्तुत गरेका थिए ।

साधारण सभा सम्पन्न भएपछि तेस्रो कार्यकालका लागि नयाँ कार्यसमिति निर्वाचन गरिएको छ । नौ सदस्य निर्वाचित नयाँ कार्यसमितिमा अध्यक्ष सुरेश राज गिरी, उपाध्यक्ष रविन बस्नेत, सचिव सत्यनारायण नारायण गिरी, उपसचिव सौरभ बस्नेत, कोषाध्यक्ष राजकुमार बस्नेत, व्यवस्थापन प्रमुख नवीन बस्नेत ,सदस्य धुर्व गिरी सदस्य अनिल खड्का र अर्जुन सुवेदी रहेका छन् ।
साधारणसभाबाट लेखा व्यवस्थापन संयोजक सुदिप कार्की, सदस्य सदेश खड्का, सदस्य साकार खड्का चुनिएका छन् । दक्षिणकाली युवा समूहले सामाजिक आर्थिक धार्मिक क्रियाकलापहरू गर्दै आइरहेको छ । समूह स्थापनाको छोटो समयमै ताथलीमा बेग्लै पहिचान कायम गर्न सफल भएको छ ।