शुक्रबार, जेष्ठ ३, २०८२

20.5 C
Bhaktapur
शुक्रबार, जेष्ठ ३, २०८२
20.5 C
Bhaktapur
HomeNews Contentसमाचारसाहित्यकार सायमी सम्मानित

साहित्यकार सायमी सम्मानित

भक्तपुर । भक्तपुरका साहित्यकार तथा संस्कृतिविद् रत्न सायमी बुटवलमा सम्मानित भएका छन् । उनलाई जानकी देवी आध्यात्मिक साहित्य पुरस्कार २०८२ बाट सम्मानित गरेको हो ।

म्बिनी बचत तथा ऋण सहकारी संस्था लि.ले लोकतन्त्र दिवसको अवसरमा आयोजित नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान र १४ औं लुम्बिनी साहित्य पुरस्कार २०८२ तथा जानकी देवी आध्यात्मिक साहित्य पुरस्कार २०८२ समारोहको अवसरमा सायमी पुरस्कृत भएका हुन् ।

रुपन्देही साकोस्का अध्यक्ष वसन्त ढकालको प्रमुख आतिथ्य, भूवनेश्वर भगवती मन्दिरका अध्यक्ष जीवनप्रसाद ओझाको विशेष आतिथ्यमा भएको पुरस्कार वितरण समारोहमा साहित्यकार रत्न सायमीलाई जानकी देवी आध्यात्मिक साहित्य पुरस्कार र वरिष्ठ साहित्यकार प्रा.डा. हिरण्यलाल ज्ञवालीलाई लुम्बिनी साहित्य पुरस्कार २०८२बाट पुरस्कृत एवं सम्मानित गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको