शुक्रबार, जेष्ठ ३, २०८२

20.5 C
Bhaktapur
शुक्रबार, जेष्ठ ३, २०८२
20.5 C
Bhaktapur
HomeNews Contentजीवनशैलीताथली हेल्थपाेष्ट भक्तपुरको पहिलो किशोर-किशोरीमैत्री स्वास्थ्य संस्था घाेषणा

ताथली हेल्थपाेष्ट भक्तपुरको पहिलो किशोर-किशोरीमैत्री स्वास्थ्य संस्था घाेषणा

भक्तपुर । ताथलीकाे ताथली हेल्थपाेेष्ट जिल्लाको पहिलो किशोर- किशोरीमैत्री स्वास्थ्य संस्था घाेषणा भएकाे छ ।

चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीकाे ढुङ्गेनस्थित ताथली हेल्थपाेष्ट भक्तपुरकै पहिलो किशोर- किशोरी मैत्री स्वास्थ्य संस्था घाेषणा भएको हेल्थपाेष्ट इन्चार्ज हरिनारायण प्रसाद साहले जानकारी दिए ।

उनले स्वास्थ्य चाैकीले सबै मापदण्ड र सूचक पूरा गरी भक्तपुर जिल्लामा रहेका हेल्थपाेष्ट मध्ये पहिलो किशोर – किशोरी मैत्री स्वास्थ्य संस्था बनेकाे बताए ।

यसैबीच साे स्वास्थ्य चाैकीलाई चाँगुनारायण नगरपलिकाले प्रमाणपत्र प्रदान गरेकाे छ । नगरप्रमुख जीवन खत्रीले हेल्थपाेष्ट इन्चार्ज साहलाई उक्त प्रमाणपत्र हस्तान्तरण गरेेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको