भक्तपुर । चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले आफू उपप्रमुख भएकाे र करारमा जागिर खान गएको कर्मचारी नभएको बताएका छन् ।
चाँगुनारायणमा बढिरहेको माटाे/ बालुवा उत्खनन र तस्करी नियन्त्रणका लागि अनुगमन गरेका उनले उक्त कुरा बताएका हुन् । सामाजिक सञ्जालमार्फत् उनले काेहीकाे दबाब र प्रभावमा परेर अनुगमन नगरेकाे स्पष्ट पारे ।
उनले लेखेका छन् :
अनुगमन तथा नियमनको अधिकार पालिका उपप्रमुखको हुने गर्दछ त्यसै अनुरुप सामाजिक संजालमा पोस्ट देख्ना साथै आफै स्थलगत अनुगमन तथा निरिक्षणका लागि म आफैं निस्किएको हो । कसैको डर कसैको त्रास कसैको माया अनि कसैको मुख हेरेर नियम कानुन फरक बनाउने र आफ्नालाइ काखा अरुलाइ पाखा लगाउन व्यवहार म बाट हुदैन ।
आजको दिन सम्म कहि कतै चुकेको छु भने कसै संग स्वार्थ सिद्ध (setting ) गरेको छु भने सार्बजनिक स्थानमा बोलाएर प्रमाणित गराउनुस तपाइहरुले भनेको कारबाही भोग्न सहन तयार छु ।
म चागुनारायण नगरपालिकाको उप प्रमुख हु करारमा जागिर खान गएको कर्मचारी होइन त्यसैले आदेस, जिम्मा ,निर्देशन को मलाइ जरुरत छैन ।