शुक्रबार, जेष्ठ ३, २०८२

20.5 C
Bhaktapur
शुक्रबार, जेष्ठ ३, २०८२
20.5 C
Bhaktapur
HomeNews Contentचाँगुपत्रताथलीमा तैकाबु गणेश जात्राको तयारी तीब्र

ताथलीमा तैकाबु गणेश जात्राको तयारी तीब्र

भक्तपुर । भक्तपुरको ताथलीमा तैकाबु गणेश जात्राको तयारी तीब्र पारिएको छ । चाँगुनारायण नगरपालिका वडा नं। ९ ताथलीको फैढोका तैकाबुमा गणेश जात्राको तयारी तीब्र बनाइएको आयोजक समितिले जनाएको छ ।

तैकाबु गणेश जात्रा समूहको व्यवस्थापन र तैकाबु गणेश सांस्कृतिक समूहको सक्रियतामा जात्रा सुरू गरिएको समूहका अध्यक्ष विशाल साखकर्मीले बताए । उनले २०७७ बैशाखदेखि १ गतेदेखि सुरू भएको जात्रालाई यस वर्ष थप भव्यताका साथ सम्पन्न गर्ने तयारी भइरहेको जानकारी दिए ।

उनले यसपटक गणेशको मूर्ति राखिने खटलाई विशेष रूपले सजाइएको बताए । हरेक वर्षको वैशाख १ गतेका दिन फैढोकामा जात्रा हुने गरेको छ । यस वर्षको जात्रा सम्पन्न भएसँगै जात्राले छैटौं वर्ष पार गर्नेछ । जात्राको क्रममा एक तले खटमा तैकाबु गणेशको मूर्ति विराजमान गराएर टोल परिक्रमा गराउने गरिन्छ । जात्राको क्रममा विहानै पालो परेकाको घरबाट गणेशको मूर्ति ल्याइ मन्दिरमा राखी पूजाआजा गर्ने गरिएको छ ।

गणेशको मूर्तिसहितको खटलाई तैकाबुबाट फैढोका शिव मन्दिर( राम मन्दिर हुँदै तैकाबुमा लगेर बिसाएपछि जात्रा समाप्त हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको