भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका पाण्डुवजार हाईटस्थित वि किड्स स्कुलले बुधवार पूर्व प्राथमिक तह पार गरेका विद्यार्थीहरूका लागि दीक्षान्त समारोह आयोजना गरेको छ। ‘एक्सप्लोर, लर्न र ग्रो’ को सिद्धान्तलाई अवलम्बन गर्दै बालबालिकाको सर्वाङ्गीण विकासका लागि स्थापित उक्त विद्यालयले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको हौसला बढाउने मुख्य उद्वेश्यका साथ सो कार्यक्रम गरेको विद्यालयले जनाएको छ ।
दीक्षित विद्यार्थी तथा नानीबाबुहरूलाई बधाई दिँदै उनीहरुको आगामी शैक्षिक यात्राको सफलताको कामना गर्दै कार्यक्रममा विद्यालयकी प्रिन्सिपल मन्जु दुवालले अभिभावकको साथ, सहयोगले बालबालिकाको भविष्य सुन्दर राख्न सहज हुने चर्चा गरिन् । वी किड्सवाट अगाडिको शैक्षिक यात्राका लागि विभिन्न विद्यालयमा (राष्ट्रिय एव अन्तराष्ट्रिय) गई अध्ययनरत नानीबावुहरूले आफूलाई अब्बल साबित गरिरहेको चर्चा गरिन् । साथै प्रिन्सिपल दुवालले विद्यालयको आगामी शैक्षिक योजना तथा कार्यक्रमहरूबारे पनि जानकारी दिएकी थिइन् ।
कार्यक्रममा दीक्षित विद्यार्थीका अभिभावकहरुको तर्फबाट नितेश अर्याल, रविन सिल्पकार र किरण बैद्यले वि किड्ससँगको यात्राबारे अनुभव राखेका थिए । आफ्नो नानीबावुहरूको राम्ररी ध्यान दिँदै बालबालकाको सर्वाङ्गीण विकासमा विद्यालयले गरेको प्रयासप्रति खुशी व्यक्त गर्दै विद्यालयप्रति आभार व्यक्त गरे । कार्यक्रममा दीक्षित सवै विद्यार्थी नानीवावुहरूको आफूले अंगालेका २०८१ वर्ष भरिका विभिन्न कार्यक्रमहरूको बारेमा आफ्ना अनुभवहरू सुनाएका थिए । उक्त समारोहमा विद्यार्थी नानीवावूहरूले गीत, संगीत, न्यृत्यका साथै अरू विविध प्रस्तुतिहरू प्रदर्शन गरेका थिए ।
विद्यालका छात्र आयान्स प्रधानाङ्ग र छात्रा आर्शा त्वायनाले उपस्थित सबैलाई कार्यक्रममा मन्तव्यमार्फत् स्वागत गरेका थिए भने शिक्षिका लक्ष्मी लामाले कार्यक्रम संचालन गरेका थिए ।