शुक्रबार, जेष्ठ ३, २०८२

20.5 C
Bhaktapur
शुक्रबार, जेष्ठ ३, २०८२
20.5 C
Bhaktapur
HomeNews Contentसमाचारसुडालको कलमसीमा हुने शिवपुराणको तयारी तीब्र : धमाधम जुट्दै सहयोग

सुडालको कलमसीमा हुने शिवपुराणको तयारी तीब्र : धमाधम जुट्दै सहयोग

भक्तपुर । आउँदो २०८२ वैशाख २ गतेदेखि चैत १३ गतेसम्म चाँंगुनारायण नगरपालिका–८ कलमसीमा हुने शिव पुराण महायज्ञको तयारी तीब्र रुपमा अघि बढेको छ । निर्माणाधिन १०८ फिट अग्लो कल्पेश्वर महादेवको अधूरो मूर्तिलगायतका संरचना निर्माण पूरा गर्न महायज्ञ आयोजक मूल समारोह समिति तीब्र रुपमा अघि बढेको हो ।

नगरकोट भ्रमण वर्ष–२०८२ लाई समेत सफल बनाउन धार्मिक पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथै कल्पेश्वर महादेवको मूर्ति निर्माणलाई पूर्णता दिन मन्दिर परिसरमै शिव पुराण महायज्ञको आयोजना गर्न लागेको हो ।

चाँंगुनारायण नगरपालिका–८ का वडाअध्यक्ष एवं महायज्ञका संयोजक जनक खत्रीले १०८ फिट अग्लो कल्पेश्वर महादेव निर्माणमा सहयोग जुटाउने उद्देश्यले गर्न लागेको महायज्ञको तयारी तीब्र भएको र निरन्तर रुपमा सरोकारवालाहरुसँग सम्र्पक भइरहेको बताए । कलमसी कालिका कल्पेश्वर धामको नामले चिनिएको यस क्षेत्रमा निर्माणाधीन १०८ फिट अग्लो बसेको महादेवको मुर्ति, नाग कुण्ड, गोसाइकुण्ड, २७ धारा, नारायण कुण्ड निर्माण भइसकेको र बसेको महादेवको कम्मरसम्मको भाग निर्माण भएपनि त्यस माथिको भाग निर्माण अपूरो रहेकाले त्यसलाई सम्पन्न गर्न महायज्ञ आयोजना गर्न लागेको बताउँदै त्यसका लागि आवश्यक सहयोग समेत जुटिरहेको उनको भनाइ छ ।

काभ्रेको नाला, बनेपा धुलिखेलसम्मको दृश्य अवलोकन गर्न सकिने यस क्षेत्र चाँगुनारायण–८ र ९ को सिमाना एवं काभ्रको बनेपा नगरपालिका–१ को संगमस्थलको रुपमा रहेको छ । जिल्लाको उत्तर पूर्वीस्थानमा रहेको यो क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न लागेको बताउँदै वडाध्यक्ष खत्रीले निर्माणाधीन १०८ फिट बसेको शिव मुर्तिलाई १००८ शिवलिङ्गले घेर्नका लागि हालसम्म ६ जनाले नगद रु. ३५५०० सहयोग प्रदान गरेको जानकारी दिए ।

समितिका अध्यक्ष एवम् चाँगुनारायण नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष खत्रीका अनुसार हालसम्म उक्त रकम सहयोग गर्नेमा चाँगुनारायण नगरपालिका वडा नं ८, रानिबारीका भैरव खत्री, दुलालगाँउका केदार प्रसाद दुलाल, अमृत गिरी, मोहन पुरी, शंखर दुलाल, कृष्ण बानियाँ रहेका छन् । सहयोगको क्रम जारी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको