शनिबार, जेष्ठ ४, २०८२

20.5 C
Bhaktapur
शनिबार, जेष्ठ ४, २०८२
20.5 C
Bhaktapur
HomeNews Contentचाँगुपत्रभक्तपुर मालपोतमा अनलाइनबाटै जग्गा रोक्का–फुकुवा : अब मालपोत जान नपर्ने

भक्तपुर मालपोतमा अनलाइनबाटै जग्गा रोक्का–फुकुवा : अब मालपोत जान नपर्ने

भक्तपुर । भक्तपुर मालपोत कार्यालयले घरजग्गाको रोक्का, फुकुवा र धितो बन्धक, पासको काम अनलाईनमार्फत् सेवा प्रारम्भ गरेको छ । कार्यालयले वित्तीय संस्थाबाट रोक्का, फुकुवाको कार्य अनलाइनमार्फत् गर्न सकिने गरि काम थालेको हो ।

कार्यालयले कर्मचारी सञ्चय कोषलगायत चारवटा वित्तीय बैंकबाट सजिलै रोक्का, फुकुवा गर्न सक्ने गरी काम थालेको हो ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागको निर्देशन अनुसार यो सेवा सुरू भइ सकेपछि मालपोत कार्यालय जानुपर्ने बाध्यताको अन्त्य भएको कार्यालयले जनाएको छ । चाँगुपत्र साप्ताहिकमा प्रकाशित खबरलाई हामीेले यस अनलाइनमा साभार गरेका छौं । समाचार अनुसार उक्त अनलाइन प्रणालीले सबैका लागि फाइदाजनक हुनुका साथै जग्गाधनी र ऋणीलाई समेत सहज हुने भएको छ ।

‘जग्गा ऋणीहरू बैंक तथा वित्तीय संस्थामा पुगेर मालपोत कार्यालयमा लाइन लाग्नुपर्ने अवस्था छ । साथै, लेखापढीकोमा जानुपर्ने बाध्यता छ’, कार्यालयका प्रमुख मालपोत अधिकृत कुमार आचार्यले भने, ‘अनलाइनमार्फत् सो सेवा सुरु भएसँगै खर्च कम र समयको बचत भएको छ।’

त्यसैगरी, बैंक तथा वित्तीय संस्थाका कर्मचारीको पनि रोक्का, फुकुवा तथा र धितो गर्न समय खपत भइरहेको थियो । यसले गर्दा बैंक तथा वित्तीय संस्थालाई पनि सहज हुने भएको छ ।
कार्यालयले लिखत पारपतमम पनि अनलाइन प्रणालीमार्फत् सेवा प्रवाह गर्ने योजना बनाएको कार्यालयले जनाएको छ । यो प्रणाली सुरू भएसँगै नक्कली कागजात किर्ते गर्ने र जालसाजी गर्नेलाई निरुत्साहित गर्ने अपेक्षा राखेको छ । हाल उक्त सेवा कर्मचारी सञ्चय कोष, नेपाल इन्भेष्टमेन्ट मेघा बैंक, प्राइम कमर्सियल, मुक्तिनाथ बैंक र सांग्रिला डेभलपमेन्ट बैंकमार्फत भएको कार्यालयले जनाएको छ । उक्त सेवाका लागि अन्य वित्तीय संस्थाले पनि सहमति जनाएको कार्यालयले जनाएको छ ।

यो नयाँ अभ्यास भएका कारण बैंक तथा वित्तीय संस्थामा थोरै प्राविधिक समस्या देखिएपनि मालपोत र बैंक तथा वित्तीय संस्थाको समन्वयमा देखिएको समस्या समाधान गरी काम भइरहेको कार्यालयले जनाएको छ । सो सेवालाई प्रभावकारी रूपमा सम्पादन गर्न बैंक तथा वित्तीय संस्था र मालपोत कार्यालयबीच सहकार्य हुने कार्यालय प्रमुख आचार्यको भनाइ छ ।

#भक्तपुर मालपोत कार्यालय #वित्तीय संस्था #अनलाइन #जग्गा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको