शुक्रबार, जेष्ठ १०, २०८२

22.1 C
Bhaktapur
शुक्रबार, जेष्ठ १०, २०८२
22.1 C
Bhaktapur
HomeNews Contentसमाचारबसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

भक्तपुर । बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ।
आइतबार अपराह्न पौने ४ बजे मकवानपुरको मनहरी गाउँपालिका ६ नयाँबस्तीमा बिलिभर्स इङ्ग्लिस बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

ना १ क ९२५० नं. को बसले खडकबहादुर थिङकी छोरी पुजालाई ठक्कर दिएको हो। ठक्करपछि प्रहरीले बालिकालाई हेटौंडा अस्पताल पठाएको थियो। त्यहाँ उपचारको क्रममा साँझ सवा ५ बजे मृत्यु भएको हो। प्रहरीले चालक मनहरी(७ बस्ने चन्द्रबहादुर तामाङलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय मनहरीले अनुसन्धान अघि बढाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको