शुक्रबार, जेष्ठ ३, २०८२

20.5 C
Bhaktapur
शुक्रबार, जेष्ठ ३, २०८२
20.5 C
Bhaktapur
HomeNews Contentसमाचारचाँगुनारायणमा एक वडा एक पशु स्वास्थ्य शिविर सम्पन्न

चाँगुनारायणमा एक वडा एक पशु स्वास्थ्य शिविर सम्पन्न

चाँगुनारायण/ चाँगुनारायण नगरपालिकाले एक वडा एक पशु स्वास्थ्य शिविर कार्यक्रमअन्तर्गत ९ वटै वडामा निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न गरेको छ । नगरपालिकाको पशुपन्क्षी विकास शाखाको आयोजनामा शिविर कार्यक्रम सम्पन्न गरिएको हो ।


शिविरमा कृषकले पालेका घरपालुवा गाई, भैँसी, भेडा, बाख्रा, कुखुरा, कुकुर, बिरालोलाई निःशुल्क खोप तथा उपचार सेवा प्रदान गरिएको थियो । शाखा प्रमुख खड्ग कुमार मैनालीका अनुसार शिवीरमा १ हजार ७ जना कृषकले सेवा लिनुभएको छ ।

शिविरमा कुकुर तथा रेविज रोग विरुद्धको खोप सेवा, आन्तरिक तथा बाह्य परजिवी नियन्त्रण तथा उपचार, बोका तथा बहरका लागि बन्ध्याकरण सेवा, अन्य उपचार तथा बाझोपन निवारण सेवा र विशेषज्ञ परामर्श उपलब्ध गराइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको