भक्तपुर । पारागन स्काउट ट्रुपले १३औं दीक्षान्त समारोह सम्पन्न गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका स्थानीय स्काउट प्रमुख आयुक्त बालकृष्ण बनमाला, विशिष्ट अतिथि वरिष्ठ राष्ट्रिय प्रशिक्षक तथा भक्तपुर नगरपालिका स्थानीय स्काउट सल्लाहकार रामगोपाल कर्मचार्य, अतिथि मध्यपुर थिमी नगरपालिकाका स्थानीय स्काउट प्रमुख आयुक्त तुल्सी हरि प्रजापति र कार्यक्रम सभापति पारागन स्काउट ट्रुपका इकाई अध्यक्ष पुण्यराम कवां रहेका थिए।
समारोहमार्फत ५४ जना नवनिर्मित स्काउट सदस्यहरू विधिवत् रूपमा दीक्षित गरिएका छन्। स्काउट प्रतिज्ञा, नियम, औपचारिक दीक्षा प्रक्रिया तथा प्रेरणादायी संदेशसहित सम्पन्न कार्यक्रममा सहभागी विद्यार्थीहरू उत्साहित देखिन्थे।
कार्तिक १७ मा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि बालकृष्ण बनमालाले स्काउटिङले विद्यार्थीमा अनुशासन, नेतृत्व, सेवाभाव र राष्ट्रप्रतिको उत्तरदायित्व बोध विकास गराउने बताउँदै दीक्षित स्काउट सदस्यहरूलाई शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रम सफल बनाउन प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्णप्रति आयोजक ट्रुपले धन्यवाद व्यक्त गरेको छ। स्काउट ट्रुपले दीक्षित विद्यार्थीहरूले आगामी दिनमा सामुदायिक सेवा, नेतृत्व सिकाइ तथा विभिन्न स्काउट गतिविधिमा सक्रिय सहभागिता जनाउने विश्वास व्यक्त गरेको छ।
