शनिबार, कार्तिक २२, २०८२

21.1 C
Bhaktapur
शनिबार, कार्तिक २२, २०८२
21.1 C
Bhaktapur
HomeNews Contentशिक्षानेसनल प्याव्सन भक्तपुरद्वारा एकल गायन प्रतियोगिता सम्पन्न

नेसनल प्याव्सन भक्तपुरद्वारा एकल गायन प्रतियोगिता सम्पन्न


भक्तपुर, कार्तिक १७। नेसनल प्याव्सन भक्तपुरअन्तर्गत ऋतम्भरा पाठशालाले आयोजना गरेको एकल गायन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगितामा माध्यमिक र आधारभूत गरी दुई तहमा प्रतिस्पर्धा भएको थियो।
प्रतियोगितामा माध्यमिक तहमा ईडेन गार्डेन स्कुलका श्रीजय महत प्रथम भएका छन्। सोही स्कुलकी श्रीया न्यौपानेले आधारभूत तहमा प्रथम स्थान हासिल गरेकी छन्।
आधारभूत तहमा
द्वितीय : यूनिशा लामा (जागृति विद्या सदन)
तृतीय : प्रियान्सू खड्का (क्वालिटी स्कुल)
सान्त्वना : अनिशा धमला (सेन्ट जोन स्कुल)

माध्यमिक तहमा
द्वितीय : ईशिका खड्का (मदरल्याण्ड स्कुल)
तृतीय : विदूशी ढकाल (संस्कार गुरूकूल)
सान्त्वना : अणु वादी (विमल मेमोरियल विद्यापीठ)
कार्यक्रमकी सभापति तथा ऋतम्भरा पाठशालाकी प्रिन्सिपल जुनु बुढाथोकीले नेसनल प्याव्सनको कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी पाएकोमा खुशी व्यक्त गर्दै सफलताको श्रेय आयोजक टिम, निर्णायक, सहभागी विद्यालय र विद्यार्थीहरूलाई दिइन्।
कार्यक्रमका विशिष्ट अतिथि चाँगुनारायण नगरपालिका–२ का वडा अध्यक्ष सोमप्रसाद प्रधानले नगरपालिकाले शिक्षाको स्तर उकास्न निरन्तर प्रयासरत रहेको उल्लेख गर्दै नेसनल प्याव्सन भक्तपुरले सञ्चालन गरेका कार्यक्रम सराहनीय रहेको बताए।
नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष सञ्जय खड्काले सफल आयोजनाका लागि ऋतम्भरा पाठशालालाई धन्यवाद व्यक्त गर्दै विजयी विद्यार्थीहरूलाई बधाई दिए।
कार्यक्रमका संयोजक तथा सह–प्रिन्सिपल अनिश केसीका अनुसार कार्यक्रममा नेसनल प्याव्सन भक्तपुरका पदाधिकारी, सदस्य, विभिन्न विद्यालयका प्रिन्सिपल, शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको