शनिबार, कार्तिक २२, २०८२

21.1 C
Bhaktapur
शनिबार, कार्तिक २२, २०८२
21.1 C
Bhaktapur
HomeNews Contentशिक्षागणेश माविमा १३७ नयाँ विद्यार्थी भर्ना

गणेश माविमा १३७ नयाँ विद्यार्थी भर्ना

भक्तपुर । भक्तपुरको छालिङ्गकाे गुरीमा रहेको श्री गणेश माध्यमिक विद्यालयमा १३७ नयाँ विद्यार्थी भर्ना भएका छन् । चाँगुनारायण नगरपालिका वडा नं. ५ मा रहेको उक्त स्कूलमा शैक्षिक सत्र २०८२ काे जेठ ७ गतेसम्म १३७ जना नयाँ विद्यार्थी भर्ना भएको विद्यालय प्रशासनले जनाएको छ ।

चाँगुनारायण नगरपालिकाको उत्कृष्ट विद्यालयको रूपमा परिचय बनाउन सफल  रहेको उक्त विद्यालयमा भर्ना भएका विद्यार्थीलाई बुधबार एक कार्यक्रम गरि स्वागत गरिएकाे छ ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष न्हुछे भक्त फोजूले गुणस्तरीय शिक्षा प्रदान गर्ने विद्यालयको उद्देश्य रहेको बताउँदै साे उद्देश्यलाई पूरा गर्न विद्यार्थीहरू अध्ययनशील, अनुशासित र लगनशील हुन आवश्यक रहेको बताए । अध्यक्ष फाेजुले विद्यार्थीहरूलाई सक्रिय बनाउन शिक्षकहरू पनि सक्रिय हुन आवश्यक रहेकोमा जाेड दिँदै विषयगत ज्ञानमा दखलका साथै शिक्षकले अतिरिक्त पुस्तकहरूको अध्ययन गर्नुपर्ने र शिक्षक एक पूर्ण योजनाकार हुनुपर्ने चर्चा गरे ।

अभिभावकले विद्यार्थीहरूलाई समयमै पाठ्यपुस्तक, आवश्यक पोशाक लगायत सन्दर्भ सामग्रीहरूको बन्दोबस्त गरिदिनुको साथै विद्यालयमा नियमित भेटघाट भएको खण्डमा विद्यार्थीहरूको शैक्षिक गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण टेवा पुग्ने उनको भनाइ छ ।
विद्यालयका प्र.अ. इन्द्रबहादुर फोजुले विद्यालयमा कार्यरत शिक्षकहरूकाे सामुहिक भावना र सामुहिक कार्यले विद्यालयले सफलता पाउँदै गएकाे जनाए । उनले विद्यालयलाई अब्बल बनाउन सहयोगी विद्यालय व्यवस्थापन समिति र सकारात्मकतामा विश्वास गर्ने स्थानीयहरूकाे साेचले भूमिका निर्वाह गरिरहेको उल्लेख गरे ।

उनले गुणस्तरीय शिक्षाका साथै विद्यार्थीकाे सर्वाङ्गीण विकासका लागि विद्यालयले विभिन्न अतिरिक्त क्रियाकलापलाई अघि बढाइरहेको जानकारी दिए ।

स्वागत कार्यक्रममा शिक्षकद्वय सानुकाजी दथेपुथे  र सुलोचना सुवालले विद्यार्थी आचारसंहिताबारे चर्चा गर्दै अनुशासनमा रहेका विद्यार्थीले शैक्षिक सफलता हासिल गर्ने उल्लेख गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको