भक्तपुर । चाँगुनारायण नगरपालिका–९, ताथलीमा वडाव्यापी ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ। ताथली ब्याडमिन्टन समूहको आयोजनामा आगामी कार्तिक २० र २१ गते शुक्रबार र शनिबार प्रतियोगिता सञ्चालन हुन लागेको हो।
स्थानीयस्तरमा खेलकुदको विकास, स्वस्थ जीवनशैलीको प्रवर्द्धन तथा खेलाडीबीच मित्रता र एकता कायम गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो। प्रतियोगिता ताथलीस्थित कभर्ड हलमा सञ्चालन हुनेछ।
प्रतियोगितामा सहभागी हुने टिमले १ हजार ५०० रुपैयाँ दर्ता शुल्क बुझाउनुपर्ने आयोजकले जनाएको छ। प्रतियोगितामा प्रथम हुने टिमले १० हजार रुपैयाँ, द्वितीय हुने टिमले ८ हजार रुपैयाँ र तृतीय हुने टिमले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
स्थानीय खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै खेलकुदप्रति युवाको आकर्षण बढाउने प्रतियोगिताको लक्ष्य रहेको छ। प्रतियोगिताले स्थानीयस्तरमा ब्याडमिन्टन खेलको विकास र खेलाडीबीच आपसी सद्भाव अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
आयोजक ताथली ब्याडमिन्टन समूहले प्रतियोगितामा सहभागिता जनाउन, खेलको आनन्द लिन र खेलाडीलाई प्रोत्साहन गर्न सबै खेलप्रेमीलाई आग्रह गरेको छ।
#ताथली#ब्याडमिन्टनप्रतियोगिता#चाँगुनारायण#खेलकुद#भक्तपुर
#ताथली#ताथलीब्याडमिन्टनसमूह#खुलाब्याडमिन्टनप्रतियोगिता#ब्याडमिन्टन#खेलकुद#भक्तपुर#चाँगुनारायणनगरपालिका#ताथली९#स्वास्थ्य#मित्रता#एकता#युवाखेलकुद#खेलौँजितौँएकताकायमराखौँ#Tathali
