आइतवार, जेष्ठ १७, २०८३

20.1 C
Bhaktapur
आइतवार, जेष्ठ १७, २०८३
20.1 C
Bhaktapur
HomeNews Contentसमाचारडलर देखाई तीस लाख ठगी आराेपमा भक्तपुरबाट पक्राउ

डलर देखाई तीस लाख ठगी आराेपमा भक्तपुरबाट पक्राउ

भक्तपुर । विभिन्न व्यक्तिहरुलाई फोन सम्पर्क गरी सस्तो दरमा अमेरिकन डलर छ, हामी मिलाई दिन्छौ भनि प्रलोभन देखाई डलरको आकारमा काटिएको कागजको बिटो रुमालमा पोको पारेर दिई तीस लाख ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ परेकामा सिन्धुपाल्चोक बाह्रबिसे न.पा. वडा नं. ३ घर भएका तारा बहादुर तामाङ रहेका छन् । उनलाई काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले भक्तपुर चाँगुनारायण न.पा. वडा नं. ३ दुवाकोट बाट पक्राउ गरिएको खुलेको छ ।

पक्राउ परेका उनीबाट विभिन्न कम्पनीको मोबाईल थान -४, तारा बहादुर तामाङको नाममा जारी भएको नेपाली नागरिकता प्रमाणपत्र थान-१ र गौतम डुम्जनको नाममा जारी भएको नेपाली नागरिकता प्रमाणपत्र थान-१ बरामद गरेकाे अनुसन्धान कार्यालयका सूचना अधिकारी काजी कुमार आचार्यले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको