आइतवार, माघ ४, २०८२

18.1 C
Bhaktapur
आइतवार, माघ ४, २०८२
18.1 C
Bhaktapur
HomeNews Contentसमाचारलाेकगायक बुद्धिकृष्ण लामिछाने स्मृति साँझ हुँदै

लाेकगायक बुद्धिकृष्ण लामिछाने स्मृति साँझ हुँदै

भक्तपुर । भक्तपुरको वागेश्वरीस्थित तपाडम्फाेमा आयाेजना हुने ‘ बुद्धिकृष्ण लामिछाने स्मृति साँझ–२०८२’ काे तयारी सकिएको छ ।

नेपाली लोकसंगीतका अमर साधक स्वर्गीय बुद्धिकृष्ण लामिछानेको स्मृतिमा पुस १३ गते ( आइतबार ) हुने उक्त कार्यक्रमको सम्पूर्ण तयारी सकिएको आयोजकले जनाएको छ। चाँगुनारायण नगरपालिका वडा नं. ७ र चाँगुनायण नगरपालिकाकाे आयाेजनामा हुने साे कार्यक्रममा बुद्धिकृष्ण लामिछानेको योगदानलाई विशेष स्मरण गरिने वडा सदस्य श्यामकाजी नायजुले बताए ।

उनले नयाँ पुस्तामा लोकसंगीतप्रतिको आकर्षण बढाउने उद्देश्यले स्मृति साँझ आयोजना गरिएको बताउँदै लाेकगायक लामिछानेका चर्चित लोकगीतहरू “मेरै बाटो हेरेर मेरी आमा रुँदी”, “जोवन हुर्केर”, “बाखरी–बाखरी बाँध्ने डोरी” लगायतका गीतहरू वरिष्ठ तथा नयाँ पुस्ताका कलाकारहरूद्वारा प्रस्तुत गरिने कार्यक्रम रहेको जानकारी दिए ।

लोकगीतलाई समाज, श्रम र मानवीय संवेदनासँग जोडेर प्रस्तुत गरेका गायककाे सम्मानमा आयाेजना हुने साँझ दिउँसो १ बजेदेखि सुरू हुनेछ । साे अवसरमा स्थानीय सांस्कृतिक समूहबाट परम्परागत नाच तथा झाँकी प्रस्तुत गरिने आयोजकले जानकारी दिएको छ।
चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले बुद्धिकृष्ण लामिछाने लोकगायक मात्र नभई समाजका पीडा, गाउँको यथार्थ र आम नेपाली जीवनका संवेदनशील कथावाचक भएको उल्लेख गर्दै भने, उनका गीतमा हाम्रो इतिहास, श्रम र संस्कार बोल्छ। यस्तो व्यक्तित्वलाई सम्झनु र सम्मान गर्नु हाम्रो सांस्कृतिक जिम्मेवारी हो।´ कार्यक्रमलाई नगरकोट भ्रमण वर्ष–२०८२ सँग जोडेर आयोजना गरिएकाले यसले सांस्कृतिक कार्यक्रमसँगै पर्यटन प्रवर्द्धनमा पनि योगदान पुर्याउने अपेक्षा गरिएको छ। सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिसँगै कार्यक्रममा स्थानीय उत्पादन तथा परिकारका स्टलहरूसमेत रहने छन् भने कार्यक्रममा हजारौँ दर्शकको सहभागिता रहने अनुमान गरेको छ।

कार्यक्रममा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त गायक आर्काे मुखर्जीकाे बेजाेड प्रस्तुति, ताथली साैडाेलकाे ममझीभैरव बाँसुरी खल: काे उत्कृष्ट बाँसुरी वादन, धिमय् बाजामा राष्ट्रिय ख्यातिप्राप्त ताथली धिमय् खल : काे धिमय् नाच तथा धिमय् वादन, भक्तपुरको उदाउँदो सांगीतिक समूहएकाय´लगायतको उत्कृष्ट प्रस्तुति रहने आयाेजककाे भनाइ छ ।

लोकगीत र आधुनिक मनोरञ्जनको भीडमा मौलिक संस्कृति ओझेलमा पर्दै गएको सन्दर्भमा, बुद्धिकृष्ण लामिछाने स्मृति साँझले नेपाली लोकसंगीतको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकले लिएको छ।

कार्यक्रमकाे सम्पूर्ण व्यवस्थापन बाला इभेन्ट्समार्फत भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको