शनिबार, कार्तिक २२, २०८२

21.1 C
Bhaktapur
शनिबार, कार्तिक २२, २०८२
21.1 C
Bhaktapur
HomeNews Contentसमाचारभक्तपुरमा पाँच महिनामै तीन सिडिओ : प्रशासनिक स्थायित्वमा प्रश्न

भक्तपुरमा पाँच महिनामै तीन सिडिओ : प्रशासनिक स्थायित्वमा प्रश्न

भक्तपुर । भक्तपुर जिल्लामा पाँच महिनाको छोटो अवधिभित्र तीन जना प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरिएका छन्। यस अवधिमा लगातार सरुवाका कारण जिल्लाको प्रशासनिक काममा निरन्तरता र स्थायित्वको अभाव देखिएको छ।

गत असार महिनादेखि असोजसम्म भक्तपुर जिल्ला प्रशासन कार्यालयमा तीन पटक सिडिओ परिवर्तन गरिएको हो। छोटो समयमा यति धेरै हेरफेर हुनु जिल्लाको प्रशासनिक प्रणालीमै अस्थिरता आएको संकेतका रूपमा हेरिएको छ।

भक्तपुरमा गत असार ५ गते भन्सार विभागबाट भरतमणि पाण्डे भक्तपुरको प्रजिअकाे जिम्मेवारी लिएर आएका थिए । तत्कालीन प्रजिअ पाण्डे पब दुई महिनामै अर्थ मन्त्रालय सरूवा भएका थिए ।
पाण्डेपछि भक्तपुरमा प्रजिअ भएर गृह मन्त्रालयबाट नमराज घिमिरे आएका थिए । गत भदाै ५ गते भक्तपुरमा आएका नमराज घिमिरेकाे समयमा देशभर जेन्जी आन्दोलन भएको थियाे । त्याे समयमा भक्तपुरकाे सुरक्षा व्यवस्थाबारे प्रजिअ घिमिरेले संयम अपनाएको विश्लेषण गरिएको थियाे ।

अहिले उनी सरूवा भएर पञ्जिकरण विभाग पुगेका छन् । उनकाे स्थानमा काभ्रे जिल्ला प्रशासन कार्यालयका प्रजिअकाे अनुभव लिइसकेका उमेश कुमार ढकाल भक्तपुर आएका छन् ।

छाेटाे अवधिमा भएको फेरबदलले सुरक्षा व्यवस्थापनमा प्रश्न उठेको छ ।

विस्तृत विश्लेषण चाँगुपत्र साप्ताहिकमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको