आइतवार, माघ ४, २०८२

18.1 C
Bhaktapur
आइतवार, माघ ४, २०८२
18.1 C
Bhaktapur
HomeNews Contentसमाचारजेन जी आन्दोलनमा भक्तपुरका २८ वर्षीय रोशन न्यौपानेको मृत्यु

जेन जी आन्दोलनमा भक्तपुरका २८ वर्षीय रोशन न्यौपानेको मृत्यु


भक्तपुर, भदौ २४ । हिजो सम्पन्न जेन जी आन्दोलनका क्रममा भक्तपुरका २८ वर्षीय रोशन न्यौपानेको गोली लागेर मृत्यु भएको छ

चाँगुनारायण नगरपालिका–स्थित चाँगुनारायण माध्यमिक विद्यालयका पूर्वविद्यार्थी रहेका न्यौपाने आन्दोलनमा सक्रिय रूपमा सहभागी भएको र भिड नियन्त्रणको क्रममा चलाएको गोली लागी मृत्यु भएको स्थानीयले बताएका छन्।

उनको असामयिक निधनले परिवार तथा समुदायलाई स्तब्ध बनाएको छ। मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै स्थानीय बासिन्दा र विभिन्न संघ–संस्थाले परिवारलाई गहिरो समवेदना प्रकट गरेका छन्। साथै, विपत्तिको यस घडीमा परिवारलाई सहयोग जुटाउन समुदायलाई आह्वान गरिएको छ।

न्यौपाने जस्ता युवाको ज्यान गुमाउनु आन्दोलनकै क्रममा भएको ठूलो क्षति भएको भन्दै धेरैले सरकारको भूमिकाप्रति प्रश्न उठाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको