सोमवार, कार्तिक २४, २०८२

13.1 C
Bhaktapur
सोमवार, कार्तिक २४, २०८२
13.1 C
Bhaktapur
HomeNews Contentशिक्षाआदर्श आजाद कलेजकाे नतिजा शतप्रतिशत

आदर्श आजाद कलेजकाे नतिजा शतप्रतिशत


भक्तपुर । आदर्श आजाद कलेजका विद्यार्थीहरूले शतप्रतिशत (१०० प्रतिशत) नतिजा निकाल्न सफल भएका छन् ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले प्रकाशित गरेको बी.एड. चौथो वर्षको नतिजामा कलेजका सबै विद्यार्थी उत्तीर्ण भएका हुन् ।
कलेजले आफ्ना विद्यार्थीहरूको सफलताप्रति हर्ष व्यक्त गर्दै हार्दिक बधाई तथा शुभकामना दिएको छ ।

नतिजामा उत्तीर्ण विद्यार्थीहरूमा रसिला थुयाजु, सशिकला कार्की, मनबहादुर नेवार, सुस्मिता बी.के., आशा लामा, रोजिना तामाङ, सुशिला नेपाल, समीक्षा थापा, सुकुमाया घलान, कविता अधिकारी, सोनाली तामाङ, दिक्ष्या सुवाल, यमुना श्रेष्ठ, सीता श्रेष्ठ, कञ्चन खाँती, सुमन धिमाल र मनसरा कुमारी शाही रहेका छन् ।


कलेज प्रशासनले यस उपलब्धिले आफ्ना विद्यार्थी, अभिभावक तथा शिक्षक–शिक्षिकाको सामूहिक लगनशीलता र प्रतिबद्धताको प्रतिफल भएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको