काठमाडौं। सुनकोशी वाङ्मय प्रतिष्ठानको प्रथम वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. लक्ष्मणप्रसाद गौतमले साहित्यिक संस्था धेरै खुलने तर व्यक्तिहरूबीच मन नमिल्दा धेरैजसो दीर्घकाल नटिक्ने बताए । उनले सुनकोशी संस्थाप्रति सबैमा ‘यो मेरो संस्था हो’ भन्ने भावना जागेमा मात्र संस्था दीगो हुजे बताए । उनले उक्त संस्थालाई नामजस्तै काम गरेर देखाउने चुनौती भएकोले साेही अनुसार कार्य गर्न अनुरोध गरे।
सभाको उद्घाटन सत्रमा नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, साहित्यकार पवन आलोक, लघुकथा समाज, नेपालका अध्यक्ष तुलसीहरी कोइरालालगायतले संस्थाको सफलताका लागि शुभकामना मन्तव्य दिँदै साहित्यकाे प्रवर्द्धनका लागि साहित्यिक संस्थाकाे क्रियाशीलता जरुरी रहेकाे बताए । कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष रामसुन्दर देउजाले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
अधिवेशनकाे बन्द सत्रमा महासचिव प्रदीप सापकोटाले प्रगति प्रतिवेदन र कोषाध्यक्ष तारा केसीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । बन्द सत्रकाे निर्वाचन समितिले सर्वसम्मत ढंगले नयाँ कार्यसमिति चयन गरेको हो ।
साधारण सभाले सर्वसम्मत रूपमा छविरमण सिलवालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नव–निर्वाचित कार्यसमितिमा रामसुन्दर देउजा उपाध्यक्ष, प्रदीप सापकोटा महासचिव, तारा केसी कोषाध्यक्ष तथा सदस्यहरूमा पूर्णबहादुर श्रेष्ठ, शुभद्रा अधिकारी र वसन्तराम नकर्मी रहेका छन् ।
